‘मलाई माफ गर’

‘मलाई माफ गर’


मलाई माफ गर प्रिय
मेरो अनुनय स्वीकार गर
समयले हामीलाई दुई किनारा बनायो
तर त्यो मेरो निर्णय थिएन भन्न मात्र सक्छु म ।

समयले नदीको दुई किनारा हामी
हो, त्यो मेरो निर्णय थिएन प्रिय
तिम्रो आँसुले भिजेका मेरा मनहरु
ओसिलो थियो तर दनदनी बल्यो
सायद त्यो मट्टीतेल मिसिएको आँसु थियो
जसरी मजबुरीमा रुमलिएको मेरो जिजीविषा
र श्रावणको वर्षातले मेरो मन जलेको आगो निभेन ।

हो, तिम्रो बलिन्द्र धारा आँसु ममाथि बर्सियो
तर त्यो आँशुले मेरो मनको आगो निभाएन
काश ! तिमी मेरो मन उज्यालो पार्ने टुकी हुन्थ्यौ भने ।

तर त्यो प्रहर हामी अलग हुने आदेशमा बाँडियौं
र त्यो आदेशको बन्दी हामी, कैदी झैँ कुरिरहेका छौँ
समयले एकदिन बोलाउँदै भन्नेछ, ‘बदलाको घडी यो’ ।

प्रिय, तिमीलाई घृणा गर्ने सोच्न पनि सक्तिन म
र जब मैले तिमीलाई त्यागेँ, त्यो मेरो रोजाइको रंगमंच थिएन
मलाई विश्वासै लाग्दैन कि युग बितेपछि तिमीलाई मभित्रै पाएँ ।।

  • संयुक्तराज्य अमेरिका