‘प्रिय हिमकन्या’

‘प्रिय हिमकन्या’


धैर्य र सुन्दरताको प्रतिमूर्ति प्रिय मेरी हिमकन्या
तिम्रो उपस्थितिको सुखद सुगन्धले जगत जगमगाउँछ !
तिमीबिना बाँच्नु कति निर्दयी सांसारिक कल्पना होला
हो तिम्रो त्यो पहाड उक्लिन विलासिता त्यागेँ मैले
फतक्क गलेका पाउहरू पँधेरो भर्दा दिएको एक अम्खोरा पानीले
नतमस्तक म तिम्रो मुहार सुटुक्क हेर्दा त्यो आँखामा मेरो तस्बिर भेटेँ
के के त्यागेँ-त्यागेँ, सायद सारा संसार त्यागेँ भन्न सक्छु म
पहेंलो बस्त्र र घाँटीमा रुद्राक्ष भिरेर भिक्षा मागेको
सबै सबै तिम्रो लागि हो प्रिय हिमकन्या
मृगायनी तिमीलाई हेर्ने चाहनाको आगो दनदनी बलिरहेको छ,
मेरो बडामहारानी कद सानो भए पनि
तिम्रो ज्ञानले होला मेरा हरेक भूलहरू सहर्ष स्विकार्छ्यौ
त्यसैले होला कहिल्यै गरिब भएको अनुभूति भएन
जसरी म उनलाई प्राप्त गरेका दिन गन्दिन र भन्दिन पनि
मलाई सत्ता नभए पनि फरक पर्दैन
अचेल म तिम्रो पुनरागमनको लागि प्रेमप्रलयको आशामा छु ।
यदि आफ्नै हातले माग्नु गरिमाहीन कर्म हो भने
तिमीबिनाको जीवन पनि रक्सीबिनाको गिलास जस्तै हो
अफसोस ! जीवन पूर्ण रूपमा चकनाचूर भयो किनकि म उनको रहिनँ
यो संसार अलमल्ल छ, तर यो भिडको जात्राले प्रेमीहरूको पीडामा मल्हम लगाउँछ
केही फरक पर्दैन मलाई, जहाँ छ्यौ मेरो यादमा उसले पनि तिमीभित्रको तिमी पाउँदैन
म जिउँदै मरेको हल्ला छ शहरमा, मिल्छ भने सुटुक्क आउ न !
तिमीले निन्दा गरेको मेरो मृत्यु होइन भने जीवन जिउन तिमीलाई देख्नु ओखती हुन्थ्यो
मेरो मृत्यु कामना होइन भने, आउ पुनर्जीवन देउ
तिम्रो सुगन्धित रेसमी कपाल सुँघेर जिन्दगी जित्छु प्यारी
हे मानिसहरू हो, मलाई खोज्न बन्द गर, म ध्यानमा मग्न छु
मेरो आत्माले उनलाई बत्तीको वरिपरि पुतलीहरुले जस्तै घेरेको छ ।

  • संयुक्तराज्य अमेरिका