नक्कली नेपाली नोटसहित दुई ब्यक्ति पक्राउ

नक्कली नेपाली नोटसहित दुई ब्यक्ति पक्राउ


सुनसरीको कोशी गाउँपालिका-८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको लु९२प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका-१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले गए राति नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट जम्मा रु ३८ हजार फेला परेको बताइएको छ । बरामद नक्कली नोट र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको र हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।