सांसद गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेकाले अफ्नो निर्णय सच्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आज (२१ साउन)को बैठकको विशेष समयमा सांसद बाँस्कोटाले रास्वपा र राप्रपाले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेको बताए । भिजिट भिसा प्रकरणका बारेमा ती दुई दलले भनेका विषयलाई तथ्यले प्रमाणित गर्न सक्नुपर्नेमा जोड दिँदै यसरी संसदमा आउनु र बहिस्कार गरेर हिँड्नु गलत भएको उनको भनाइ छ ।
युवायुवतीको १८ वर्षपछिको सम्बन्धलाई वैधता दिने तर विवाहका लागि २० वर्ष कुर्नुपर्ने दोहोरो व्यवस्थामा सुधार गरिनुपर्ने भन्दै सांसद बाँस्कोटाले पारिवारिक कानुनको माग गरे ।
photo: rss
प्रतिक्रिया