✍ सुरेश सुवेदी
कुनै समय थियो रिपोर्टरले प्रुफ रिडिङका लागि डीपसिकको सहयोग लिएको थाहा पाएर सम्पादक रिसाएका थिए । तर पुस्तक ‘पत्रकारितामा एआई’ भन्छ- सहयोग लिनुपर्छ । एआईबाट कार्य सहज हुन्छ। यस प्रणालीले स्वतः समाचार उत्पन्न हुन्छ भन्ने विश्वास पो गर्नु हुँदैन । मानवनिर्मित समाचारभन्दा गुणस्तरयुक्त समाचालाई धेरै छिटो अद्यावधिक गर्ने क्षमताको विकास भएको छ । पत्रकारिता प्रविधियुक्त पेशा हो यसर्थ यसको प्रयोग गर्नुपर्छ । पुस्तकको आशय यही छ।
पत्रकारितामा एआईले सूचना व्यवस्थापन, समाचार उत्पादन, तथ्य जाँच, भाषा अनुवाददेखि दर्शकसँगको अन्तर्क्रिया झन् प्रभावकारी र तीव्र बनाएको त छ नै, यसले संवेदनाहिनता र सामाजिक न्यायका पक्षमा चुनौती पनि उब्जाएको छ । यही यथार्थलाई पुस्तकले समेटेको छ । पुस्तक अजय शर्मा र शिव पुरीद्वारा बागमती प्रदेश सरकार सञ्चार रजिस्ट्रार कार्यलयका लागि तयार गरिएको हो ।
पुस्तकको पहिलो भागमा एआईको सिद्धान्त, वर्गीकरण, महत्त्व र इतिहास समेटिएका छन् । दोस्रो भागमा पत्रकारितामा एआईको प्रयोग, आवश्यकता र चुनौतीका विविध पक्ष प्रस्तुत गरिएका छन् । तेस्रो भागले विश्वका प्रमुख सञ्चार माध्यममा एआईको प्रयोग र नेपाली सञ्चार क्षेत्रमा यसको अभ्यासलाई समेटेको छ ।
त्यस्तै, चौथो भागमा एआईसम्बन्धी अन्तर्राष्ट्रिय नीति, कानुन र रणनीतिबारे चर्चा गरिएको छ । पाँचौं र छैटौं भागमा नेपाली पत्रकारिता क्षेत्रमै केन्द्रित हुँदै साइबर सुरक्षा, डाटा सुरक्षा र पत्रकारितामा सुरक्षित डिजिटल अभ्यासका उपाय प्रस्तुत गरेको छ । यस्तै सातौँ भागमा प्राविधिक शब्दावली समेटिएको छ भने आठौं भागमा पत्रकारका लागि उपयोगी एआई उपकरण र तिनका प्रयोगबारे जानकारी समेटिएका छन् ।
नेपाली पत्रकारितामा अभ्यस्त पत्कारहरूको एआई अनुभवले पुस्तक अझ व्यावहारिक भएको छ । विश्वका प्रतिष्ठित सञ्चार माध्यममा भएको प्रयोग पनि ज्ञानवर्दधक छ ।
पुस्तकले एआई र पत्रकारितालाई एउटै सिक्काका दुई झैँँ देखाउन सफल भएको छ ।
यसैगरी, फोर्ब्सका पत्रकार र योगदानकर्ताले अनुसन्धान, डाटा विश्लेषण र कार्यक्षमताका लागि स्वीकृत कृत्रिम बौद्धिकता प्लेटफर्म र उपकरण प्रयोग गर्छन् । उनीहरुले सामग्री तयार गर्न वा सामग्री निर्माण वा व्यवस्थापनमा एआई उपकरण गर्छन । उनीहरूले काम तथ्यपरक र विश्वसनीय रहोस् भन्ने उद्देश्यले उपकरणको प्रयोग कहिले, कहाँ र कसरी गरिएको छ भनेर स्पष्ट गर्ने जनाएका छन् । फोर्ब्सले एआईको प्रयोग गरी सामग्री व्यवस्थापन प्रणालीको पनि विकास गरेको छ । जसले पत्रकारलाई समाचार (स्टोरी) र शीर्षक (हेडलाइन) अनुसार तस्बिर राख्नसमेत सुझाव दिन्छ ।
यस्तै, दी वाल स्ट्रिट जर्नलको पेवाल प्रणाली एआईद्वारा सञ्चालन गरिएको छ । जहाँ नयाँ पाठकले सदस्यता लिने सम्भावना पहिचान गर्छन् । सन् २०२४ मा वाल जर्नलले समाचारको सुरुवातमा मुख्य बुँदाु शीर्षकमा एआई उपकरण प्रयोग सिर्जना गरेका सारांश समावेश गर्न थाल्यो । हाल यसले सारांशको बुँदा (Key Points) शीर्षकमा देखाउछन् जसमा बुलेट पोइन्टमार्फत लेखको प्रस्तुत गर्दछ ।
प्रतिक्रिया