सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई खेलकूद पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई खेलकूद पोशाक वितरण


कास्कीस्थित जानकी माध्यामिक विद्यालयका विद्यार्थीलाई सिटिजन्स बैंकले खेलकुद पोशाक उपलब्ध गराएको छ । सिटीजन बैक न्यूरोड (पोखरा) शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयका तीस विद्यार्थीलाई ४२ हजार मूल्यबराबरको खेलकूद पोशाक उपलब्ध गराएको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखाप्रमुख पवनकाजी खत्री, विद्यालय व्यवस्थापन समिति, तथा शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरुले विद्यार्थीलाई उक्त सामाग्री वितरण गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कँडेल, शिक्षक तुलसी गिरी लगायतले शिक्षाको महत्व माथि प्रकाश पारेका थिए ।