माइडियाका उन्नत एआई प्रविधियुक्त एयर प्युरिफिअर सार्वजनिक

माइडियाका उन्नत एआई प्रविधियुक्त एयर प्युरिफिअर सार्वजनिक


वायु प्रदूषणका चुनौतीहरू दिनदिनै गम्भीर बन्दै गइरहेको सन्दर्भमा, विश्वस्तरीय होम एप्लायन्स ब्रान्ड माइडिया (Midea)ले दुई अत्याधुनिक Air Purifier – KJ500G-F11 र KJ400G-Z1 Pro – नेपाली बजारमा सार्वजनिक गरेको छ। यी मोडेलहरू स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धिकरण क्षमतासहित नेपालका घर, अफिस र व्यवसायिक स्थानहरूका लागि आदर्श समाधान भएको कम्पनीको दाबी छ।

नेपालव्यापी वायु प्रदूषण समाधान

नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू विशेष प्रविधिसहित तयार गरिएको जनाइएको छ –

  • तराई: आर्द्रताजनित फफूंदी, धुलो र पराग हटाउने क्षमता ।
  • पहाड: जाडो मौसमको कुहिरो र घरायसी धुवाँ (मौला, उइँठो) शुद्ध गर्ने ।
  • शहर: सवारी साधन र निर्माण कार्यबाट उत्पन्न विषालु कण (PM2.5) नियन्त्रण ।

उत्पादन विशेषताहरू

KJ500G-F11 (ठूला क्षेत्रका लागि) :

  • Clean Air Delivery Rate (CADR): 450m³/hr
  • कभरेज क्षमता : ६६सम्म
  • AI मोड (स्वचालित प्रदर्शन नियन्त्रण) : यस यन्त्रमा रहेको स्मार्ट सेन्सिङ प्रणालीले वरपरको प्रदूषण स्तरको मूल्याङ्कन गरी स्वतः आफ्नो कार्यक्षमता समायोजन गर्छ। आवश्यक हावा गुणस्तर प्राप्त भएपछि, उपकरण ऊर्जा बचत र फिल्टरको दीर्घायु सुनिश्चित गर्दै सन्तुलित मोड मा चल्ने गर्छ।
  • H13 HEPA फिल्टर : PM 2.5, पराग, धुलो लगायत सूक्ष्म कणहरू हटाउने उच्च-स्तरीय फिल्टर।
  • Plasma Sterilization प्रविधि : हानिकारक ब्याक्टेरिया र भाइरस नष्ट गर्ने उन्नत प्रणाली।
  •  

KJ400G-Z1 Pro (सानो क्षेत्रका लागि) :

  • Clean Air Delivery Rate (CADR): 380m³/hr
  • कभरेज क्षमता : ५५ m² सम्म
  • H13 HEPA फिल्टर : घर तथा अफिस प्रयोगका लागि उच्च दक्षता भएको शुद्धिकरण प्रणाली।
  • Ion Filtration Function : नकारात्मक आयनको प्रयोगमार्फत हावा शुद्ध पार्दै धुलो, गन्ध, र सूक्ष्म प्रदूषकहरू हटाउने क्षमता।

CG इलेक्ट्रोनिक्स नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी हो, जसले विश्वस्तरीय ब्रान्ड र नवीनतम प्रविधिहरू नेपाली ग्राहकसम्म पुर्‍याउने उद्देश्य राखेको छ। कम्पनीले गृह उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्समा काम गर्दै आएको छ। ४ दशकभन्दा लामो अनुभवसहित, CG इलेक्ट्रोनिक्सले विश्वसनीयता, गुणस्तर उत्कृष्ट ग्राहक सेवामा आफ्नो नाम बनाएको छ।