प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आज (२८ साउन)को बैठकमा सम्बोधन गर्नुहुनेभएको छ ।
प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको हो ।
तुर्कमेनिस्तानको अवाजा शहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्कनुभएको हो । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ ।
file photo
प्रतिक्रिया