बागमती प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता

बागमती प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता


बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको मन्त्रिपरिषदलाई पूर्ण दिएका छन् । आज (३० साउन) रिक्त रहेका ६ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेसँगै चौध सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

पुनर्गठित मन्त्रिपरिषदमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाकमाका अलावा मधुसूधन पौडेल (मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय), शिवराज अधिकारी (मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय), किरण थापामगर (मन्त्री, स्वास्थ्य मन्त्रालय), उर्मिला नेपाल (मन्त्री, युवा तथा खेलकुद मन्त्रालय), कन्चनचन्द्र वादे (मन्त्री, सामाजिक विकास मन्त्रालय), डा. दिनेशचन्द्र देवकोटा (मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय), प्रभात तामाङ (मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय), भरतबहादुर केसी (मन्त्री, वन तथा वातावरण मन्त्रालय), सुरेश श्रेष्ठ मन्त्री (संस्कृति तथा पर्यटन मन्त्रालय), जयराम थापा (मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय), कृष्णकुमार तामाङ (मन्त्री, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय), विन्दु श्रेष्ठ (मन्त्री, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय), विनु रायमाझी पौडेल (मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय) रहेका छन् ।

ज्ञातव्य छ, साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले यही २७ गते सदनबाट विश्वासको मत लिएका थिए ।