लामिछानेलाई नक्खु कारागार सरुवा गरिँदै

लामिछानेलाई नक्खु कारागार सरुवा गरिँदै


सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई कारागार व्यवस्थापन विभागले कारागार सरुवा गर्ने निर्णय गरेको छ ।

कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले शुक्रबार जानकारी दिएका हुन् ।

उनका अनुसार उक्त निर्णयको पत्र शुक्रबार नै रुपन्देही कारागारमा पठाइएको छ । सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइने उनको भनाइ छ ।

file photo