✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धर्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र २ गते तद्अनुसार सन् २०२५ अगस्त १८ तारिख सोमबार भाद्र कृष्ण पक्षको दशमी तिथि मृगशिरा नक्षत्र हर्षण योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा वृष राशिमा १६ः१८ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३७ मा हुनेछ ।
आजको राशिफल
मेष – श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ सकिनेछ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् तर शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ ।
वृष – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । मनको डर उत्साहमा रूपान्तरित होला । धर्मकर्म तथा परोपकारसम्बन्धी कार्यमा आकर्षण बढ्नेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । पारिवारिक असमझदारी बढ्नसक्ने योग रहेकोले विवेकपूर्ण व्यवहारको दरकार छ, ध्यान राख्नुहोला ।
मिथुन – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । परिवारजनको सहयोग लिएर काम गर्ने प्रयत्न गर्नु हितकर हुनेछ ।
कर्कट – चुनौती केही बढेपनि नयाँ काममा हात हाल्ने समय आएको छ । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ, तर मिहेनतीजनका लागि सफलताले कदम चुम्नेछ । विशेष उपहार तथा प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । यात्रागत कार्य सार्थक रहनेछ । विपरीतलिंगी मित्रको साथ–सहयोग मिल्ने देखिन्छ ।
सिंह – न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनुका साथै नचिताएको ठाउँमा धननाश हुने योग रहेकोले सजग भइ आर्थिक कारोबार गर्नु हितकर हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।
कन्या – मान र विद्या प्राप्त हुने समय छ । व्यवसाय विस्तारका लागि यात्राको अवसर जुट्ने देखिन्छ । विशेष उपहार प्राप्त हुनुका साथै राम्रै धनलाभ होला । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउला । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । जग्गा जमिनबाट राम्रै लाभ मिल्ने योग छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, सचेत रहनुहोला ।
तुला – अनावश्यक दौडधुपमा आजको समय बित्न सक्छ, समयको बर्बादीबाट जोगिन विशेष सोचसमझका साथ कार्य गर्नु उचित होला । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्ने देखिन्छ । आज कतै अतिथिका रूपमा सत्कार पाइएला । खर्च केही वृद्धि हुने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सावधानी अपनाएर व्यवहार गर्नुहोला । यात्रागत कार्य सार्थक रहनेछ ।
वृश्चिक – अप्ठ्यारा कामको बोझ थपिन सक्ने साय छ । केही अवसर जुटे पनि आजको दिन परिस्थिति अलिक संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउने सम्भावना छ, लचकदार बन्ने कोशिस गर्नुहोला । अरूको सुझावमा भर नपर्नु बेस हुनेछ । लेखन तथा सिर्जनात्मक कार्यमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । मिठो भोजनको अवसर जुर्ला ।
धनु – आजको दिन भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ । आयआर्जन राम्रै हुने देखिन्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले चाहिँ काममा धोका हुन सक्छ, सचेत रहनुहोला । अप्रिय समाचारले निराश तुल्याउन सक्ने योग छ । सन्तानपक्षबाट खुशी मिल्नेछ ।
मकर – आजको दिन केही चुनौतीयुक्त रहनसक्छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने समय छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु उचित हुनेछ । अध्ययन-अध्यापन कार्य भने उत्साहजनक रहला । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
कुम्भ – दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । प्रतिभाको कदर हुनुका साथै धेरैलाई लाभ हुने कामको अवसर जुर्ला । बौद्धिक प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउने योग छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने केही समस्या पर्न सक्छ ।
मीन – मिश्रित फलदायी दिन छ । जोखिम वृद्धि र केही खर्च लागेपनि सोचेको काम बन्ने योग छ । सेवामूलक कामबाट पनि धनलाभ हुने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ला । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । काम बिग्रने डरले ब्यर्थमा सताउन सक्छ, सजग रहनुहोला ।
प्रतिक्रिया