लामिछानेसँग भेट गर्न नख्खु कारागार पुगे प्रचण्ड

लामिछानेसँग भेट गर्न नख्खु कारागार पुगे प्रचण्ड


नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बुधबार (४ भदौ) भेट गरेका छन् । लामिछानेसँग भेटघाट गरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको सहजता/असहजताका विषयमा प्रचण्डले चासो राखेको उनको सचिवालय सदस्य दीपक भण्डारीले जानकारी दिएका छन् ।

थुनामा रहेका लामिछानेले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गरेको पनि भण्डारीको भनाइ छ ।

यसरी नख्खु कारागार पुगेर प्रचण्डले लामिछानेसँग भेटघाट गरेको सन्दर्भलाई विश्लेषकहरुले विभिन्न कोणबाट अर्थ्याएका छन् । ठगी अभियोगमा जेल परेका ब्यक्तिलाई सहानुभूति दर्शाउनका लागि मात्र भन्दापनि राजनीतिक स्वार्थ वा अभीष्टशिद्धिकै लागि रणनीतिक रुपले प्रचण्डले लामिछानेसँग भेट गरेका हुनसक्ने अनुमान धेरैले गरेका छन् ।