दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु

दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु


दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आज (५ भदौ) बिहान नौगाड गाउँपालिका-४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका–४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

सामान्य घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छभने अन्य गम्भीर घाइते तीन जनालाई धनगढी रेफर गर्ने तयारी भइरहेको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।