दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना, श्रीमतीको मृत्यु श्रीमान् घाइते

दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना, श्रीमतीको मृत्यु श्रीमान् घाइते


पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा शनिबार (७ भदौ) साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना घाइते भएका छन् ।

रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ नंको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । बा प्र ०३–००५प ९०६९ नंको मोटरसाइकल ना७ख ५०१० नंको बसमा समेत ठोक्किएको थियो ।

दुर्घटनामा प९०६९ नंको मोटरसाइकलपछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका-१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठ र ४८ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएका थिए । उनीहरु श्रीमान् श्रीमती हुन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको छ ।