आजको पञ्चाङ्ग एवम् राशिफल (८ भदौ २०८२ आइतबार, २४ अगस्ट २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ भदौ २०८२ आइतबार, २४ अगस्ट २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र ८ गते तद्अनुसार सन् २०२५ अगस्त २४ तारिख आइतबार भाद्र शुक्ल पक्षको प्रतिपदा तिथि पूर्वाफाल्गुणी नक्षत्र शिव योग बालव करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३९ मा भयो र सूर्यास्त साँझ १८ः३१ बजे हुनेछ ।

आजको राशिफल

मेष – घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने समय छ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ भने महत्वपूर्ण काममा इष्टमित्रको सहयोग प्राप्त हुने देखिन्छ । अधुरा कामहरु पुरा हुनेछन्, व्यवहारिक समस्याको हल हुनेछ । केही नयाँ कामको थालनी हुन सक्छ । सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहनेछ ।

वृष – सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । परोपकारी तथा दान पुण्यका कार्यमा आकर्षण रहला । आजको दिन सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने सम्भावना छ । कृषिजन्य व्यापारबाट पनि राम्रै फाइदा हुने देखिन्छ । साथीभाइसँगको छलफलले धनलाभको बाटो पत्ता लाग्ने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

मिथुन – प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुने समय छ । रोकिएका कामहरु बन्न थल्नेछन् । जाँगर बढ्नुका साथै आफन्तजनले पनि सहयोग गर्नाले सबै काम लाभदायी रहला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै हितैषीजनसँगको भेटले मन रमाउने छ । आरोग्यबल बढ्नेछ । शत्रु पक्ष परास्त बन्नेछ ।

कर्कट – दिन केही चुनौतीयुक्त नै रहने देखिन्छ । अनावश्यक खर्च बढ्न सक्छ । स्वास्थ्य पनि कमजोर रहला । गरेका कार्यहरू हतपत नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने योग छ । महत्वपूर्ण कार्यमा बाधा पर्ला । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।

सिंह – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरू पनि बन्नेछन् । नयाँ सामान खरिदको सम्भावना छ । बाहन, चौपाया आदि प्राप्त हुने ग्रहयोग छ । प्रेमभावका साथै आत्मविश्वास वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

कन्या – आजको दिन दौडधुप बढ्नेछ तर काममा मन नजान सक्छ । त्यसै-त्यसै अलमल गराउने खालको समय छ । परिवारबाट सुख मिल्ला । प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव कायम रहने देखिन्छ । आफन्तको साथ मिलेपनि सोचेको काम पूरा नहुन सक्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

तुला – नसोचेको स्थान र पात्रसँग विवाद हुनसक्ने सम्भावना रहेकोले विशेष सजगताका साथ व्यवहार गर्नुपर्ने समय छ । नियमित कार्यमा पनि खासै लगाव नरहने देखिन्छ । कामहरु अधुरा रहनसक्छन् । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । विपरीतलिंगीसँगको आर्थिक कारोबारमा विशेष सजगता अपनाउनुहोला । यात्रागत कार्यमा आंशिक सफलता मिल्ने योग छ ।

वृश्चिक – अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार-व्यवसायमा फाइदा हुने समय छ । ब्यापारमा सोचेअनुरुपको फाइदा हुने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । लेखन-प्रशिक्षण कार्यमा भने आज खासै प्रगति नहोला । प्रेमभावका साथै सन्तानसुख बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहला ।

धनु – आर्थिक कारोबारले व्यस्तता बढ्ने समय छ । घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउन सक्छ । महत्वपूर्ण काम अधुरै रहनाले मन खिन्न रहला । घरपरिवारबाट पनि खासै सहयोग पाइने छैन । कतिपयले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउने किसिमको परिस्थितिको सामना गर्नुपर्ने योग छ । तथापि, साथीभाइको सहयोग प्राप्त हुनाले सुखानुभूति होला ।

मकर – आजको दिन केही प्रतिकुल बन्न सक्ने देखिन्छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ होला । अनावश्यक खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउन सक्छ । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । धैर्य र आत्मविश्वासका साथ चल्ने प्रयास गर्नु हितकर हुनेछ ।

कुम्भ – धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । समस्याहरु आफै किनारा लाग्नेछन् । परिश्रम खेर जाँदैन, अर्थलाभ र प्रगतिको राम्रै सम्भावना छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । लाभदायी यात्राको योग छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । साँझदेखि परिस्थिति अलिक प्रतिकूल बन्ने देखिन्छ, सजग रहनुहोला । आर्जित धन तत्काल खर्च गर्नुपर्ने सम्भावना छ ।

मीन – आजको दिन दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ, तर फाइदाका लागि योजनाहरू गोप्य राख्नु आवश्यक छ । यात्राको लागि उचित समय देखिन्छ । कृषिसम्बन्धी कर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ला । परिवारमा हल्का विवाद हुन सक्छ, तर छलफलले सकारात्मक परिणाम ल्याउनेछ । दाम्पत्य सम्बन्धलाई मजबुत तुल्याउन व्यवहारमा लचकता अपनाउनु उचित होला ।