रौतहटको गौर नगरपालिका-९ गौर-सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले उक्त शव माधवनारायण नगरपालिका-२ माधोपुर माइत भएकी रुविकुमारी साहको रहेको जानकारी दिएका छन् ।
शनिबार राति १०ः३० बजेतिर डोरीले बाँधिएको सुटकेसभित्र महिलाको शव भेटिएको थियो । अन्दाजी ३० वर्षीया ती महिलाको घर भारतको मुजफ्पुरमा रहेको र हाल माइत माधोपुरमा आमासँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ ।
प्रतिक्रिया