- विशेष प्रतिनिधि, युरोप (बेल्जियम)
नवलपुर समाज बेल्जियमले नेपाली महिलाको विशेष पर्व तीजको अवसरमा कोषाध्यक्ष शान्ति कँडेलको संयोजन र अनुजा प्रधानको सञ्चालनमा सांगीतिक तथा दर खुवाउने कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ ।
अगष्ट २३ आइतबारको दिन बेल्जियमको लुभेनमा आयोजना गरिएको सो कार्यक्रममा उपस्थित महिला तथा पुरुषहरुलाई निःशुल्करुपमा खानाका विभिन्न परिकार दरका रुपमा खुवाइएको थियो ।
समाजका अध्यक्ष नरहरि सापकोटाले कार्यक्रममा करिव ८ सयको हाराहारीमा महिलाहरु उपस्थित भएको जानकारी दिँदै उनीहरुको सक्रियता र सहभागिताको लागि आभार प्रकट गरे ।

औपचारिक सत्रमा,अध्यक्ष नरहरि सापकोटाले उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने संगठनका संस्थापक अमृत प्रधान, उपाध्यक्ष दिनेश पाठक, महासचिव टिकाराम सापकोटा, पुर्व अध्यक्षहरु क्रमशः विजय मल्ल, रमेश सापकोटा तथा पूर्वउपाध्यक्ष तारा अम्माईलाई विशेष धन्यवाद दिएको थियो ।
त्यस्तै खाना पकाउन,अचार बनाउन अहोरात्र खट्ने अशोक कँडेल, गंगाराम खरेल, टंक न्यौपाने, विशाल महतो, रमेश सापकोटा, हरि उपाध्याय, गोविन्द तिमिल्सेना, केशव आचार्य, केशव लामिछाने, विमला मल्ल, कस्तुप खनाल, राधा प्रधान शान्ति कँडेल, सजिता सापकोटा, धना बस्याल, गीता सापकोटा, संजिता सापकोटा लगायतलाई संगठनले सम्मानसहित विशेष आभार प्रकट गरेको थियो।

त्यस्तै, बार व्यवस्थापनमा निरन्तर खटिने विकास कँडेल, प्रकाश घिमिरे, सोम थनेत, पुर्ण सापकोटा, राजु काफ्ले, गोविन्द सापकोटा, माधव सापकोटा, राजन खरेल, कमल सापकोटा, रामबहादुर पुन लगायत सबै सल्लाहकार तथा स्वयमसेवकको योगदानलाई संगठनले कहिल्यै नभुल्ने अध्यक्ष सापकोटाले दोहोऱ्याएका थिए ।
अध्यक्ष सापकोटाले महिलाहरुको सुझाव र सल्लाहलाई मध्यनजर गर्दै संस्थाले आगामी वर्षमा पनि दर खुवाउने कार्यक्रमलाई निरन्तरता दिने बताए । सापकोटाले भने, ‘युरोप जस्तो मुलुक र अत्यन्त व्यस्त मानिसहरु भएको ठाउँमा पनि महिलाहरुले तीज, दर र रमाइलोको लागि समय निकाल्नु प्रसंशनीय कुरा हो । हामी महिलाहरुको यसपालिको सहभागिता देखेर उत्साहित भएका छौँ । र संगठनको गरिमा पनि सबै नेपालीको घर घरसम्म पुगेको छ । यो ज्यादै शुन्दर कुरा हो।’
कार्यक्रममा नेपाली मौलिक तीज गीतमा चेलीहरु छमछमी नाचेका थिए भने दुईवटा महिला समुहले ग्रामीण परिवेशको माइती बिर्साउने गरी आफ्नै भाखामा तीज गीत प्रस्तुत गरेका थिए ।

तीजको मौलिकता जोगाउने उद्देश्यले दुई समूहमा गीत प्रस्तुत गरिएको थियो । एक टोलीको नेतृत्व गीता सापकोटा गरिन् भने अर्को टोली प्रीति काफ्लेको नेतृत्वमा रह्यो । सहभागी दुवै टोलीलाई प्रेरणास्वरुप २५०-२५० यूरोको सात्वना पुरस्कार समेत प्रदान गरिएको थियो।
अन्त्यमा, अध्यक्ष नरहरि सापकोटाले आपतकालिन राहत सहयोगार्थ नपास परोपकारी राहत कोषमा ४००० यूरो छुट्याएको कुरा जानकारी गराए । अन्त्यमा, कार्यक्रमका सभापति तथा नपासका अध्यक्ष नरहरि सापकोटाले औपचारिक र अनौपचारिक कार्यक्रमको समापन गरेका थिए ।
प्रतिक्रिया