डडेल्धुरामा आज (१२ भदौ) बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को उकल्लीकाणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका-५ का सुरेश साउद, ४० वर्षीया तारा अवस्थी, ७२ वर्षीया कलावती साउद र नवदुर्गा-५ कै २३ वर्षीय सुरेश पार्की रहेका छन् ।
उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा-५ की १८ वर्षीया सुशीला विक, सोही वडाकी ४ वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्दबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद, ४४ वर्षीय प्रकाश विक र जिपचालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन् ।
प्रतिक्रिया