शुभसन्देश सहकारीमाथि कालो धन संरक्षण गरेको आरोपमा उजुरी

शुभसन्देश सहकारीमाथि कालो धन संरक्षण गरेको आरोपमा उजुरी


सहकारी ठगी प्रकरणले यतिबेला देश धपक्कै तातेको छ । ठगी प्रकरणमा मुछिएर ठुला नेतादेखि शासक-प्रशासक एवम् सहकारीका सञ्चालकहरु कारवाहीमा पर्ने क्रम जारी छ । सर्वसाधारणले जम्मा गरेका रकम ठगी गरेर दुःख दिनुका साथै सहकारी संस्थाहरुले संस्थाको उद्देश्यविपरीत गएर कालो धनलाई सेतो बनाउने माध्यम बनाएको समेत खुलासा भएको छ ।

यस्तै आरोप लागेको एक सहकारी संस्था हो- काठमाडौंको कुलेश्वरस्थित शुभसन्देश सहकारी संस्था लिमिटेड । सो संस्थाले कालो धन सफाइ गर्ने काम गर्दैआएको भनी सम्पत्ति सुद्धिकरण आयोग, सहकारी बोर्ड र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

प्राप्त जानकारीअनुसार छानविनको लागि अनुरोधसहितको उजुरीमा सडक विभागको कर्मचारीलगायत सरकारी निकायमा काम गर्ने कर्मचारीहरुको अवैध आर्जन गरेको अथाह सम्पत्ति श्वेत बनाउने कार्यमा सहभागी भएको अभियोगमा सो संस्थामाथि उजुरी परेको हो ।