द्रुत गतिको स्कुटर ‘पार्क’ गरिएको बसमा ठोक्किँदा दुई युवकको मृत्यु

द्रुत गतिको स्कुटर ‘पार्क’ गरिएको बसमा ठोक्किँदा दुई युवकको मृत्यु


काठमाडौं महानगरपालिका-३२ जडीबुटीस्थित आकासे पुलनजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज (१३ भदौ) झिसमिसे बिहानीमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिका-१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।