सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज (१३ भदौ) बसेको मन्त्रिपरिषद्को बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङलाई नेपाल प्रहरीको ३२औं आइजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका आइजीपी दीपक थापाको कार्यावधि आगामी साता समाप्त हुँदैछ । सरकारको आजको निर्णयसँगै खापुङले यही भदौ १८ गतेदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।
तेह्रथुममा जन्मेका ५५ वर्षीय खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए ।
प्रतिक्रिया