रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. लेखजङ्ग थापालाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपा केन्द्रीय सचिवालयको आइतबार (१५ भदौ) बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उम्मेदवार छनोटका लागि पार्टीमा भएको प्रारम्भिक निर्वाचनअनुसार प्रस्तावित उम्मेदवार थापालाई चयन गरिएको जानकारी दिएका छन् ।
अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स डा. थापा वरिष्ठ न्युरोलोजिस्ट हुन् । नेपाली न्युरोलोजिस्टको रुपमा उनले १६ वर्षभन्दा बढी समय काम गरेका छन् ।
उनले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट डीएम न्युरोलोजी अध्ययन गरेका छन् ।
प्रतिक्रिया