‘खुशीको ४० वर्ष’ : एलजी नेपालको विशेष दशैं-तिहार अफर

‘खुशीको ४० वर्ष’ : एलजी नेपालको विशेष दशैं-तिहार अफर


नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्राण्ड ‘एलजी’ले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै ‘खुशीको ४० वर्ष’ नामक दशैँ-तिहार विशेष अभियान सार्वजनिक गरेको छ । दशैँ-तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।

नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

यसका मुख्य आकर्षणहरुमा,

  • फ्रन्ट लोड वाशिङ मेसिन (११ के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार
  • फ्रन्ट लोड वाशिङ मेसिन (१३ के.जि.+) – इन्डक्सन चुलो उपहार
  • टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार
  • डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
  • साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
  • डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार
  • डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
  • माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
  • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन

र, अतिरिक्त सुविधाहरुमा,

  • 0% EMI (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
  • ३२” वा सोभन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन रहेका छन् ।
  • यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुने जनाइएको छ।