नागरिक शक्ति नेपालद्वारा विराटनगर (मोरङ)मा ‘देशका शत्रु चिनौँ’ विषयमा प्राज्ञिक व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तर्क्रियामा पार्टीका अध्यक्ष देवप्रकाश त्रिपाठीले नीतिगत धारणा र देशको राजनीतिक अवस्था बारेमा प्रस्ट्याउनुभयो भने वरिष्ठ उपाध्यक्ष डा. मनोहरलाल श्रेष्ठले देशका रोग र तिनको उपचारसम्बन्धी गम्भीर विचार प्रस्तुत गर्नुभएको थियो ।
प्राज्ञिक व्यक्तित्व प्रा.डा. भेषप्रसाद धमलाको सभापतित्वमा सम्पन्न अन्तर्क्रियामा पार्टीका महासचिव सुभासप्रसाद पाण्डेले देशको शत्रुका प्रवृत्ति र तिनका मापदण्डबारे व्याख्या गर्दै कार्यक्रमको एजेन्डालाई सुदृढ तुल्याउनुभयो ।
नागरिक शक्तिको आग्रहमा विशेष आतिथ्य ग्रहण गरी कार्यक्रमलाई सम्बोधन गर्नुभएका डा. मुकुल ढकालले विशेषतः ‘देशका शत्रु’सम्बन्धी स्पष्ट र गहन विचार प्रस्तुत गर्नुभएको थियो ।
अन्तर्क्रिया कार्यक्रम सफलताको लागि विशेष सक्रियता जनाउनुभएका केन्द्रीय सदस्य गोपाल नेपाल एवम् उपस्थित भइ नागरिक शक्ति नेपालको ‘देशका शत्रु’सम्बन्धी नीतिगत दृष्टिकोण सुन्नुका साथै विचार-विमर्शमा सहभागिता जनाएका समस्त प्राज्ञिक व्यक्तित्वहरूप्रति सो पार्टीले आभार प्रकट गरेको छ ।
प्रतिक्रिया