जिल्ला न्यायाधीशका लागि ६ जना सिफारिस

जिल्ला न्यायाधीशका लागि ६ जना सिफारिस


न्यायपरिषद्ले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषद्को मंगलबार (१७ भदौ)को बैठकबाट सिफारिस हुने जिल्ला न्यायाधीशमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल रहेका छन् ।

न्यायपरिषद्का सूचना अधिकारी सुमन पाण्डेका अनुसार सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, सर्वोच्च अदालतका उपरजिस्ट्रार अनुपमा पन्त र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विश्वदीप वेस्रा पनि जिल्ला न्यायाधीशका लागि सिफारिसमा परेका छन् ।

जिल्ला अदालतमा २७ न्यायाधीशका पद रिक्त छ । तीमध्ये २१ जना न्याय सेवा आयोगको खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् ।