बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।
विभागका अनुसार ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेसी-रसुवागढी सडक अवरुद्ध छन् । जमुनाहा-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ ।
यसैगरी, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार-खाँदबारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ । चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ । ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्यफ्रुबेसी-रसुवागढी सडकखण्ड पनि बन्द भएको छ ।
विभागका अनुसार छिन्चु-कुदु-जाजरकोट-दुनै-धो-तिन्जे-मरिम (भेरी करिडोर) पनि बन्द छ । कोइलाबास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तिगाउँ-थवाङ-लुकुम (शहीद मार्ग), सुर्खेत–तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक पनि अवरुद्ध छ ।
विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ ।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास जारी रहेको बताएका छन् ।
file photo
प्रतिक्रिया