अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्दा तीन सयभन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । शनिबार (६ सेप्टेम्बर) सउलस्थित विदेश मन्त्रालयले यसबारे पुष्टि गरेको हो ।
विदेशमन्त्री चो ह्युनले सउलमा आयोजित आपतकालीन बैठकमा बताएअनुसार कुल ४७५ जना पक्राउ परेका मध्ये ३०० भन्दा बढी कोरियाका नागरिक रहेको विश्वास गरिएको छ ।
कानुनी उल्लङ्घनमा आधारित छापा
अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागका विशेष एजेन्ट स्टीवन श्र्यांकका अनुसार यो छापा बिहीबार एलाबेल शहरस्थित हुन्डाई–एलजीको संयुक्त कारखानामा ‘गम्भीर सङ्घीय अपराध र अवैध रोजगार सम्बन्धी आरोपहरू’को अनुसन्धानका क्रममा गरिएको हो ।
“यो सामान्य आप्रवासन छापा होइन, यो धेरै महिना लामो आपराधिक अनुसन्धानको नतिजा हो”, ” श्र्यांकले भनेका छन् । उनका अनुसार पक्राउ परेका व्यक्तिहरू अमेरिकाभित्र अवैध रूपमा रहेका थिए र गैरकानुनी रूपमा कार्यरत थिए । उनीहरूलाई अब आप्रवासन तथा सीमा सुरक्षा विभागमार्फत देशनिकालाको प्रक्रियामा लगिएको छ ।
प्रतिक्रिया