नेपालका लागि TCL को आधिकारिक वितरक CG Electronics ले प्रतिक्षित ‘Greatness in Every Moment, Inspire Every Celebration‘ नामक दशैँ-तिहार अभियानको सुरुवात गरेको छ । यस विशेष योजनामार्फत TCL ले चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुसी दिने लक्ष्य राखेको छ ।
अभियान अन्तर्गत ग्राहकहरूले रु. २,०८,२०० सम्मको आकर्षक नगद छुटका साथै पक्का उपहारहरू पनि प्राप्त गर्न सक्नेछन्। यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन्-
- TCL Side-by-Side Refrigerator को खरिदमा निःशुल्क Water Dispenser
- TCL को कुनै पनि Washing Machine को खरिदमा ६ केजी Ariel Detergent
- TCL को Air Conditioner को खरिदमा निःशुल्क जडान सुविधा
- ४३ इन्च वा सोभन्दा ठूलो TCL TV को खरिदमा ९ महिनाको NetTV को निःशुल्क सदस्यता
यो अभियान भाद्र १९ देखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागू हुनेछ।
TCL विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड मध्ये एक हो । स्मार्ट टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एअर कन्डिसनर लगायतका अत्याधुनिक उत्पादनका कारण TCL विश्वभर नवप्रवर्तन र गुणस्तरीय प्रविधिका लागि चिनिन्छ।
CG Electronics नेपालमा कन्ज्युमर डुराबल्स वितरण गर्ने अग्रणी कम्पनी हो, जसले अन्तर्राष्ट्रिय स्तरका ब्राण्डहरुलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। ग्राहक-मैत्री सेवा, मजबुत वितरण सञ्जाल र दीर्घकालीन विश्वसनीयताका कारण CG Electronics उपभोक्ताहरूमाझ एक भरोसायोग्य नाम बनेको छ।
नेपालको सबैभन्दा ठूलो पर्वको अवसरमा TCL र CG Electronics सँगै नेपाली ग्राहकहरुलाई उत्कृष्ट प्रविधि र अभूतपूर्व अनुभव दिने लक्ष्य लिएको छ।
प्रतिक्रिया