‘मानव अधिकार आयोगको गाडीमा आगजनी’
‘जेनजी’ प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते भएका छन् । नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार सङ्कलन गर्न खटिएका पत्रकारहरु श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल घाइते भएका नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
घाइते पत्रकारको ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले घाइते पत्रकारको अवस्थाबारे जानकारी लिने काम भइरहेको बताएका छन् ।
यसैबीच, जेनजी प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोली सवार गाडीमा आगजनी भएको छ । गाडीमा चार जना सवार रहेको र उनीहरू सकुशल रहेको आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार नयाँ बानेश्वरस्थित ‘जेनजी’ प्रदर्शनका क्रममा भएको झडपका घाइतेको अवस्था बुझ्न त्यसतर्फ जाँदै गर्दा आन्दोलनकारीले आयोगको गाडीमा आगजनी गरेका हुन् ।
प्रतिक्रिया