माओवादी अध्यक्ष प्रचण्डकी छोरी गङ्गा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-४ घर भइ हाल ललितपुरको सुनाकोठी-२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीले जानकारी दिएका छन् ।
जलेको अवस्थामा निजको शव भेटिएको र मृतकले लगाएका कपडा एवम् घडीका आधारमा बुधबाार पहिचान खुलेको उनले बताए ।
मृतकको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो जेन-जी प्रदर्शन उग्र बनेपछि दाहालको घरमा आगजनी भएको थियो ।
प्रतिक्रिया