राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ


अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार (२७ भदौ) राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

राष्ट्रपति पौडेलबाट नेपालको संविधानबमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिशमा ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उनलाई नियुक्त गरेका बताइएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित थिए ।

जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शनी र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि तत्कालिन सरकारका प्रदानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।

सेनाले इतिहासदेखि नै प्राप्त जिम्मेवारीलाई संविधानसम्मत ढङ्गबाट प्रजातान्त्रिक-मूल्य मान्यताका आधारमा जिम्मेवारी बहन गर्दै आएको छ । निकै जटिलपूर्ण अवस्थामा संयम भइ छोटो समयमा परिस्थितिलाई सहजरूपमा अवतरण गराउन सफल भएको मानिएको छ । मुलुकमा अचानक बदलिएको राजनीतिक परिस्थिति र अन्यौलको वातावरणमा नेपाली सेनाको पहलमा क्रमशः कानुनी राज्य र अमनचयन कायम गर्दै वार्ता र संवादका माध्यमबाट नयाँ सरकार गठनमा सफलता मिलेको भन्दै नेपाली सेनाको प्रशंसा गरिएको छ ।

सुशीला कार्कीको नेतृत्वको सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने जनाइएको छ ।

यो पनि हेर्नुहोस्-

‘जेनजी’को माग भन्दै सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने तयारी ! « Nepali Digital Newspaper