हट्यो कर्फ्यु/निषेधाज्ञा : जनजीवन सामान्य

हट्यो कर्फ्यु/निषेधाज्ञा : जनजीवन सामान्य


नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ ।

आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु/निषेधाज्ञा हटेको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ भने नागरिक आफ्नो पेसा/व्यवसायमा संलग्न भएका छन् ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराइ सत्ता हस्तान्तरण गर्ने जनाइएको छ ।

photo: rss