बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो

बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो


काठमाडौं महानगरपालिका-७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा ६ जनाको शव भेटिएको छ ।

भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा ६ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘जलेको अवस्थामा शनिबार ६ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।’