जलेको पार्टी कार्यालय सरसफाइमा प्रचण्ड र नारायणकाजी सरिक

जलेको पार्टी कार्यालय सरसफाइमा प्रचण्ड र नारायणकाजी सरिक


जेनजी प्रदर्शनकका क्रममा तोडफोड र आगजनी भएको नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय सो पार्टीका अध्यक्ष प्रचण्डको सहभागितामा सरसफाइ गरिएको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको तीन तलामा छरपस्ट अवस्थामा रहेका फोहरलगायतका सामग्री एक ठाउँमा केन्द्रित गरिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

त्यसअघि अध्यक्ष प्रचण्डले क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गरेका थिए । आगजनीबाट पार्टी कार्यालयमा रहेका फर्निचर, कम्प्युटरलगायत करिब रु. एक करोड ३० लाख बराबरको सामग्री नष्ट भएको माओवादी केन्द्रले जनाएको छ ।

यही सोमबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि पार्टी कार्यालयको सरसफाइमा जुटेका थिए । भ्रष्टाचार नियन्त्रणलगायत सुशासनका पक्षमा भएको जेनजी प्रदर्शनका क्रममा माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।