अमेरिकाको पेन्सिलभेनियामा गोलीबारी हुँदा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । कुनै घटनामाथि अनुसन्धान गरिरहेका बेला प्रहरीमाथि बन्दुकधारीद्वारा आक्रमण भएको बताइएको छ ।
पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी आक्रमणकारीको पनि मृत्यु भएको बताएका छन् ।
गोलीबारीको घटनापछि स्प्रिङ ग्रोभ क्षेत्रमा रहेका विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने बालबालिकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । तथापि, विद्यालय प्रशासनले भने गोलीबारीले विद्यालयलाई असर नगरेको जनाएको छ ।
प्रहरी अधिकारीहरूले आक्रमणबाट जनतालाई कुनै खतरा नभएको दाबी गरेका छन् भने घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।
प्रतिक्रिया