‘देश दु:खेको बेला’

‘देश दु:खेको बेला’


‘जय नेपाल’ भन्ने
मेरा साथीहरू लाचार छन्
मात्र अन्धकारमा रमाउने
दिउँसोका बक-बकहरु
साँझ पऱ्यो कि लेनदेनमा हराउने
आँधी आउदा नसुनिने त्यस्तो आवाज
तिमीहरु मान्छे हुनुको विशेषताहरू
अब केही बाँकी रहेन

हिजोसम्म बुढानिलकण्ठको झ्याल मात्र नियाल्ने
मगन्ते जस्तै तिमीहरु
दरिद्रताले यति रुग्ण तिमीहरुको चेत

फैलने, तिमिहरुको हात गन्हाएको छ ।

यता, सिंगो नयाँ पुस्ता
चिसोले जमेको कठोर हात बोकेर
अँध्यारो छिचोल्ने उज्यालो नदेखेर
घर पुग्न, हिँड्ने बाटो नदेखेर
रनभुल्ल तरुण, तन्नेरीहरू
निराशामा खै कता हो,
सायद, बास खोजिरहेका होलान्
जलेको देश र भत्किएको मान्छेहरु माझ
घर बनाउने सपना पनि होलान्
वा आँसुले भरिएको तर रुन नसकेको
असंख्य मनहरु जलेको यो क्षण
सबैको आँखा चिम्म-चिम्म छ
मोतिबिन्दु लागे जस्तो !

(लस एन्जलस, संयुक्तराज्य अमेरिका)