एनआरएनए अष्ट्रियाको पहिलो बैठक : देउसी-भैलो कार्यक्रम विशेषरूपमा मनाइने

एनआरएनए अष्ट्रियाको पहिलो बैठक : देउसी-भैलो कार्यक्रम विशेषरूपमा मनाइने


एनआरएनए राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको नवगठित कार्यसमितिको पहिलो बैठक बसेको छ । यही असोज ५ गते (२१ सेप्टेम्बर २०२५) का दिन अध्यक्ष ध्रुव पौडेलको अध्यक्षतामा पहिलो बैठक बसेको हो । कार्यक्रममा कार्यसमिति सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैठकमा विभिन्न महत्वपूर्ण एजेन्डाहरूमा छलफल गर्दै एनआरएनए अष्ट्रियाले यस वर्षको तिहारको अवसरमा देउसी-भैलो कार्यक्रम विशेष रूपमा आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रम अक्टोबर १८ (शनिबार) र अक्टोबर १९ (आइतबार) का दिन आयोजना गरिने अध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै सदस्यहरूलाई सक्रिय सहभागिताका लागि उनले आह्वान गरेका छन् ।

त्यस्तै, संस्थाको आधिकारिक प्रवक्ताको रूपमा जीवन रखाल र विद्यार्थीतर्फ सौरव गुरगाईं कार्यकारी सदस्यमा मनोनित भएका छन् । संगठनमा अझ बढी सदस्यता विस्तार र सक्रिय सहभागिता सुनिश्चित गर्ने अपेक्षा गर्दै संस्थामा नयाँ सदस्य थप्ने सम्पूर्ण जिम्मेवारी अध्यक्ष ध्रुव पौडेललाई प्रदान गर्ने निर्णय समितिले पारित गरेको जनाइएको छ ।

संगठनको नियमित आय व्यवस्थापन र गतिविधिहरूलाई सहज बनाउन प्रत्येक सदस्यबाट मासिक ५ युरोका दरले लेभी संकलन गर्ने निर्णय गरिएको समितिका सदस्य जीवन रखालले बताए ।