आजको पञ्चाङ्ग एवम् राशिफल (७ असोज २०८२ मंगलबार, २३ सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ असोज २०८२ मंगलबार, २३ सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन ७ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर २३ तारिख मंगलबार आश्विन शुक्ल पक्षको द्वितीया तिथि हस्ता नक्षत्र ब्रह्मा योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा भयो र सूर्यास्त साँझ १७ः५७ बजे हुनेछ । ब्रम्हचारिणी पूजा, द्विपुष्करयोग १३ः१७ बजेपछि ।

आजको राशिफल

मेष – अग्रज जनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । बन्द-व्यापारबाट लाभ मिल्नेछ । प्रेम प्रसङ्ग सुखद रहनेछ । विगतका कर्मको उचित प्रतिफल मिल्नेछ । ब्यस्तता बढेपनि सुखद फल प्राप्त होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृष – शुभदायी समय छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने देखिन्छ । उद्योग–व्यापारमा विशेष फाइदाको योग छ । मित्रजनको साथ र मिष्ठान्न भोजन मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ भने आफन्तजनले प्रशंसा गर्नेछन् । प्रयास गरे फसेको पैसा उठ्ने योग छ । साथीभाइले सहयोग गर्नेछन्, पराक्रम वृद्धि हुनेछ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

मिथुन – मिश्रित फलदायी समय छ । नियमित कार्यमा खासै मन नजाने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित होला । अनावश्यक ठाउँमा धन खर्च हुँदैछ । आम्दानीमा कमी आउनेछ । अध्ययन-अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु उचित हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

कर्कट – सकारात्मक तथा व्यवहारिक सोचको विकास हुने र रमाइलो तरिकाले कामहरु गर्न सकिने समय छ । उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । व्यापार-व्यवसायबाट सन्तोषजनक लाभ मिल्ला । नियमित कार्य सहज र सामान्य रहनेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा मन जाने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । आमोदप्रमोदमा रम्नुहुनेछ ।

सिंह – आजका योजना पूर्णरूपले कार्यान्वयन नहुन सक्छन् । कामको बोझले थाकेको महसुस हुने देखिन्छ । घर–गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग विवादको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । निकटका मित्रजन एवम् कुटुम्बका नातेदारको सल्लाह–सहयोगको खाँचो महसूस होला । आजको दिन खर्च बढ्ने देखिन्छ, मितव्ययिता अपनाउनु हितकर होला । चुनौतीका बाबजुद आत्मविश्वास कायम रहनेछ ।

कन्या – आजको दिन मनमा दुविधा रहनसक्छ । सामाजिक काममा नाम रहनेछ तर जागिरमा चाहिँ विशेष होसियारी अपनाउनुपर्ने देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर आर्जित धन जोगाउन सजग रहनुपर्नेछ । कसैसंग विवाद तथा मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्ने योग छ । यात्रागत कार्य सार्थक रहनेछ ।

तुला – चुनौतीयुक्त समय छ । बौद्धिक कार्यबाट धनलाभ भएपनि आर्जित रकम फस्ने सम्भावना छ, कारोबारमा सजग रहनुहोला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनसक्छ । अरूको मात्र भर पर्दा काममा धोका हुनसक्ने योग छ । कमाइ कम खर्च धेरै हुने देखिन्छ । सानो कुराले पनि अशान्ति र छटपटी बढाउन सक्छ । वादविवादको सामना गर्नुपर्ने योग छ । तर, पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

वृश्चिक – आजको दिन टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला । तर, सोचेको काम भने समयमा नै पूरा नहुन सक्छ । बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनुहोला । काम बने पनि अशुभ समाचारले मन खिन्न तुल्याउने योग छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । सोचेको जति फाइदा नबने पनि आंशिक सफलता मिल्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नाले राहत मिल्नेछ ।

धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने देखिन्छ । आर्थिक पक्षमा सुधार आइ सन्तोषजनक रहला । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको कामबाट विशेष लाभ होला । दाम्पत्यसुख बढ्नेछ । समस्यामा आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

मकर – आजको दिन काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । विशेष योजना अघि बढाउने सवालमा कसैबाट राम्रो साथ–समर्थन पाइएला । बौद्धिक क्रियाकलापमा भने आज आंशिकमात्र सफलता मिल्ने देखिन्छ । शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आरोग्यता रहला । साहसिक काममा आकर्षण रहनेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

कुम्भ – आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुने देखिन्छ । आम्दानी बढ्ने तथा धनलाभ हुनेछ । खर्च केही वृद्धि होला । शुभता बढेर रोकिएको काम बन्नेछ । सामथ्र्य वृद्धि हुनेछ । आरोग्यबल वृद्धि होला । रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ ।

मीन – आजको दिन कतिपय अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । अध्ययन-अध्यापन एवम् बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय छ । कामको सिलसिलामा यात्राको योग छ । धेरैले बुद्धि-विवेकको तारिफ गर्नेछन् । आम्दानी र खर्च बराबरजस्तो होला । नियमित काममा मन जानेछ । मिठो भोजन प्राप्त होला । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।