आजको पञ्चाङ्ग एवम् राशिफल (१० असोज २०८२ शुक्रबार, २६ सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० असोज २०८२ शुक्रबार, २६ सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन १० गते तद्अनुसार सन् २०२५ सेप्टेमबर २६ तारिख शुक्रबार आश्विन शुक्ल पक्षको चतुर्थी तिथि ६ः३९ पर पञ्चमी तिथि विशाखा नक्षत्र विषकुम्भ योग बव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा तुला राशिमा १३ः५५ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५४ मा भयो र सूर्यास्त साँझ १७ः५४ बजे हुनेछ । उपाङ्गललिताव्रत ।

आजको राशिफल

मेष – आजको दिन केही अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ, तर मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने देखिन्छ । धेरै समय सानातिना काममा बित्सक्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । रसरागका क्रियाकलापमा मन जाला । मित्रजनको साथ रहनेछ ।

वृष – आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ भने खेलकुद र भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । व्यापारमा राम्रै फाइदा मिल्नेछ, तर आजको दिन लेनदेनमा नपर्नु नै उचित हुनेछ । विगतका समस्या बल्झिन सक्छन् , सजग रहनुहोला । विवेकको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – रुचिका विषयमा लगानी बढाउने समय छ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । अप्ठ्यारो काम मित्रजनको सहयोगले बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुन सक्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको योग छ । मिठो भोजन प्राप्त हुनेछ भने बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्ने देखिन्छ ।

कर्कट – अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । तथापि, प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । सबल स्वास्थ्यका लागि मसलाजन्य खानपानबाट आजको दिन एकदमै सावधान रहनु हितकर होला । भौतिक साधनको क्षतिले रुपैयाँपैसाको हानी हुने योग छ, सावधानी अपनाउनुहोला । कर्मबल बढ्नाले पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तसुख प्राप्त होला ।

सिंह – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय भएपनि आजको दिन प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानी ब्यहोर्नुपर्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कृषि तथा पशुपालनमा फाइदा नै होला । पढाइलेखाइका साथै सन्तान पक्षको बारेमा चिन्ता बढ्न सक्छ । स्वास्थ्यगत समस्याले केही सताउने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कन्या – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्ने योग रहेकोले विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी सावित हुनेछ । रमाइलो यात्राको अवसर जुट्ने देखिन्छ । मिठो भोजन प्राप्त होला । आय र आरोग्यबल वृद्धि हुने देखिन्छ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

तुला – भाग्यबलका साथै सामथ्र्य वृद्धि हुनेछ । पराक्रम र उत्साह बढ्नुका साथै प्रशस्त धन आर्जन गर्ने मौका जुर्ला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि फाइदा हुने देखिन्छ । तथापि, सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनुपर्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक – सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनाले काममा उत्साह जागृत हुनेछ । तर, मेहनतअनुसार फाइदा कमै होला । आमाको माध्यमबाट विशेष काम बनाउन सकिनेछ । पूर्ण सफलताका लागि महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । समयमा होसियार बन्न नसक्दा नियमित कार्यमा बाधा र खर्च बढ्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । साथीभाइले मान–मनितो गर्नेछन् । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

धनु – पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै होला । कतै अतिथिका रूपमा सम्मान मिल्ने समय छ । तर, पराक्रम बढ्नुका बाबजुद आज हातमा आएको अवसर गुम्ने सम्भावना छ । सहयोगी वा हितैषीले तपाईंका कमी-कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । बोली र व्यवहारमा संयमता अपनाए सफलताको दर बढ्नेछ ।

मकर – व्यावसायिक काममा खर्च केही वृद्धि भएपनि आजको दिन तपाईंले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । धनलाभको योग रहेको छ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रयत्न गर्दा जटिल काममा पनि सफलता हात लाग्ला । साझेदारीको काम बन्ने र दाम्पत्यसुख बढ्ने देखिन्छ । सुख-सुविधाका साथै विलास पनि बढ्नेछ ।

कुम्भ – कामको चापबाट फुर्सद पाइने र सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । नसोचेको ठाउँबाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार ब्यवसायमा पनि राम्रै फाइदाको योग छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्यप्रति सजगता अपनाउनु हितकर सावित होला ।

मीन – सानातिना काम या घरेलु समस्यामा अल्झनुपर्ने समय छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने आत्मविश्वासका साथ अभिप्रेरित हुनेहरूले चुनौती चिर्ने सामर्थ्य राख्नेछन् । सहयोगीहरूले राम्रै साथ दिनाले प्रतिस्पर्धी परास्त होलान् । परिवारजनको साथ खासै नपाइने योग छ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।