आजको पञ्चाङ्ग एवम् राशिफल (११ असोज २०८२ शनिबार, २७ सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ असोज २०८२ शनिबार, २७ सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थिनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन ११ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर २७ तारीख शनिबार आश्विन शुक्ल पक्षको पञ्चमी तिथि अनुराधा नक्षत्र प्रीति योग कौलव करण आनन्दादिमा अमृत योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ ।काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा भयो र सूर्यास्त साँझ १७ः५३ मा हुनेछ । पचली भैरव जात्रा, विश्व पर्यटन दिवस ।

आजको राशिफल

मेष – दिन चुनौतीयुक्त रहने देखिन्छ । विशेष काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । मातापिता र सन्तानसँग मतभेद बढ्ने देखिन्छ । पढाइलेखइमा अवरोध आउने योग छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । कतै रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

वृष – बौद्धिक रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने समय भएपनि धार्मिक कार्यमा खासै मन जानेछैन । कसैबाट विश्वासघात हुनसक्ने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रक्रियामा अनुकुलता बढ्नेछ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । आरोग्यता, प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । यात्रा सुखद रहला ।

मिथुन – शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । शैक्षिक उन्नतिका अवसरहरू मिल्नेछन् । वैदेशिक कार्यहरू पनि सुचारु भएर जाने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । आयस्रोत बढ्नुका साथै मिठो भोजन प्राप्त होला । यात्रागत कार्य सार्थक रहनेछ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । सबल स्वास्थ्यका लागि आज खानपानमा विशेष सजग रहनु उचित हुनेछ ।

कर्कट – मिश्रित फलदायी दिन छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुने समय छ । साहसिक काममा आकर्षण रहला । स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छ, खानपानमा सजक रहनुहोला । गोपनियतामा निरन्तर कायम रहनु हितकर हुनेछ । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसंग विवाद पनि हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ ।

सिंह – उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । नयाँ कामहरू पाउने योग छ । आफन्तको साथ मिल्नेछ । आजको दिन चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरीतलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ ।

कन्या – आजको दिन समाजसेवा तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । कृषिकार्यमा केही समस्या देखिए पनि राम्रै धन आर्जन हुने समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । विशेष योजनाप्रति लगनशील बन्न नसक्दा आफ्नैबाट आलोचनाको शिकार हुने योग छ । पराक्रम र सुख बढ्नेछ ।

तुला – बलभन्दा बुद्धिको काममा जोड दिनुपर्ने समय छ । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने सम्भावना छ । नगद सहयोग गर्न बन्द गर्नु हितकर होला । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने छ । जोखिम बढ्नेछ तर राम्रै फाइदा होला । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

वृश्चिक – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय भएपनि आम्दानी सीमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । प्रेम प्रसङ्गअघि बढ्दा अध्ययन कार्यमा केही कमी आउन सक्ने देखिन्छ, ध्यान राख्नुहोला । निको भइसकेको रोगले पुन सताउने योग छ । विगतको श्रमबाट भने राम्रै धनलाभ हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुने दिन छ ।

धनु – बोलीको भरमा काम बन्ने दिन छ तर जोश-जाँगरले साथ नदिँदा समयमा कार्य सम्पादन नहुन सक्छ । निर्णायक क्षमतामा कमी आउला । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापार व्यवसायमा आंशिक सफलता प्राप्त होला । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने योग रहेकोले सजगताको दरकार छ । सुख र दुःखको मिश्रित अनुभूतिका साथ दिन बित्ने देखिन्छ ।

मकर – अरुको विश्वास सजिलै जित्न सकिने समय छ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । तर, हाड जोर्नीको समस्याले सताउने देखिन्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । खर्च केही वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काम सार्थक रहला ।

कुम्भ – घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनसक्ने समय छ । पति-पत्नीबीच विवाद बढ्ने देखिन्छ, तर अतिरिक्त प्रेम-प्रसङ्गले सुखदानुभूति गराउनेछ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको योग छ । सहयोगीहरू टाढिन सक्छन्, ध्यान राख्नुहोला । तपाईंका कमजोरीमाथि टिप्पणी हुनसक्छ । खर्च र ब्यस्तता केही बढ्नेछ ।

मीन – बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भइ आफ्नो कार्य अघि बढाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । वैदेशिक कार्यहरू अगाडि बढ्नेछन् । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना छ, सावधानी अपनाउनुहोला । भेटघाटको अलमलले आजको योजना बिग्रन पनि सक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।