रूसी क्षेप्यास्त्र तथा ड्रोन प्रहारबाट चार जनाको मृत्यु भएको युक्रेनको आरोप

रूसी क्षेप्यास्त्र तथा ड्रोन प्रहारबाट चार जनाको मृत्यु भएको युक्रेनको आरोप


रूसले रातारात ‘सयौं’ ड्रोन र मिसाइलले प्रहार गर्दा राजधानीमा मात्रै कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनले जनाएको छ

रूसले नेटोलाई सैन्य गठबन्धनले ओगटेको हवाई क्षेत्रमा कथित आक्रमणको जवाफमा कडा कारबाही नगर्न चेतावनी दिएपछि आक्रमण भएको जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभले रूसी आक्रमणको विरुद्ध प्रयोग गर्नका लागि अमेरिकी प्याट्रियट एयर डिफेन्स सिस्टम प्राप्त गरेको खुलासा गरेपछि ब्यारेज आक्रमण भएको हो ।

रूसले युक्रेनी शहरहरूमा मानिस सुतिरहेको समयमा हवाई आक्रमण गरेको विदेश मन्त्री एन्ड्री सिबिगाले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् ।

राजधानी किएभका सैन्य प्रशासन प्रमुख तैमुर टाकाचेन्कोले प्रारम्भिक रिपोर्टहरूले मृत्यु पुष्टि भएको बताएका छन् । उद्धारकर्ताहरूले भने मृतृकहरुको सङ्ख्या थपिन सक्ने चेतावनी दिएका छन् ।

राजधानीवरपरको क्षेत्रमा, रूसी आक्रमणमा कम्तिमा २७ जना घाइते भएको सैन्य प्रशासनका प्रमुख माइकोला कालाचनिकले टेलिग्राममार्फत जनाएका छन् । यसैगरी दक्षिणपूर्वी जापोरिझिया क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा रूसी आक्रमणमा कम्तीमा चार जना घाइते भएको बताएका छन् ।

पछिल्लो समयमा धेरै युरोपेली देशहरूले रूसलाई ड्रोन र लडाकू जेटहरूद्वारा आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाएका छन्, जसलाई नेटोले आफ्नो संकल्पको परीक्षणको रूपमा हेरेको छ ।

रूसले भने आक्रमणको जिम्मेवार आफु नभएको वा कुनै पनि नेटो राष्ट्रमा आक्रमण गर्ने योजना बनाएको कुरा अस्वीकार गरेको छ ।

न्यूयोर्कमा संयुक्त राष्ट्रुङ्घको महासभालाई शनिबार सम्बोधन गर्दै मस्कोका विदेश मन्त्री सर्गेइ लाभ्रोभले आफ्नो देश विरुद्धको कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने बताएका छन् ।

यसै बिच किएभ र मस्कोले शनिबार रूसको कब्जामा रहेको युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक उर्जा संयन्त्र चार दिनदेखि ग्रिडबाट बाहिर रहेको र सम्भावित आणविक घटनाको डर रहेको बताएका छन् ।