आजको पञ्चाङ्ग एवम् राशिफल (१३ असोज २०८२ सोमबार, २९ सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ असोज २०८२ सोमबार, २९ सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन १३ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर २९ तारिख सोमबार आश्विन शुक्ल पक्षको सप्तमी तिथि मूल नक्षत्र सौभाग्य योग भद्रा करण आनन्दादिमा लुम्ब योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५६ मा भयो र सूर्यास्त साँझ १७ः५० मा हुनेछ । फूलपाती, सरस्वत्यावाहन, नवपत्रिकाप्रवेश ।

आजको राशिफल

मेष – घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउनसक्ने समय छ । कामहरु अधुरै रहनाले मन खिन्न रहन सक्छ । घरपरिवारबाट पनि खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । आर्थिक कारोबारले व्यस्तता बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले सुखानुभूति होला । रसरागमा आकर्षण बढ्नेछ ।

वृष – समस्याहरु आफै किनारा लाग्नेछन् भने धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सकेजति खेर जाँदैन, अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । लाभदायी यात्राको योग छ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मिथुन – सामाजिक कार्यमा संलग्न हुनुपर्ने दिन छ । दान पुण्यका कार्यमा आकर्षण रहला । आजको दिन सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने सम्भावना छ । कृषिजन्य व्यापारबाट पनि राम्रो फाइदा हुने देखिन्छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्ने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

कर्कट – आजको दिन ब्यापारमा सोचेअनुरुपको फाइदा हुने देखिन्छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा होला । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नुहोला । शिक्षण–प्रशिक्षण कार्यमा भने आज खासै प्रगति नहोला । प्रेमभावका साथै सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

सिंह – रोकिएका कामहरु बन्न थल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । जाँगरमा सुधार आउनुका साथै आफन्तजनले पनि सहयोग गर्नाले सबै काम लाभदायी रहला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै हितैषीजनसँगको भेटले मन रमाउने छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।

कन्या – आजको दिन अनावश्यक डर पैदा हुनुका साथै विवादको सम्भावना रहेकोले विशेष सजगताका साथ व्यवहार गर्नुहोला । महत्वपूर्ण कामहरु अधुरा रहन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहला । कसैसँग सामान्य विवाद वा झैझगडाको सम्भावना छ, सावधान रहेर ब्यवहार गर्नुहोला । तथापि, मिठो भोजन प्राप्त हुनेछ भने शत्रुपक्ष परास्त हुनेछ ।

तुला – त्यसै-त्यसै अन्योल र अलमल गराउने खालको समय छ । दौडधुप बढ्नेछ तर काममा मन नजान सक्छ । परिवारजनबाट भने सुख मिल्ने देखिन्छ । बिग्रेको प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव कायम रहला । आफन्तको साथ मिलेपनि सोचेको काम पूरा नहुन सक्छ । यात्रागत कार्यमा आंशिक सफलताको योग छ ।

वृश्चिक – अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ भने महत्वपूर्ण काममा मित्रजनको सहयोग प्राप्त हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने समय छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । केही नयाँ कामको थालनी हुनसक्छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । रसरागको क्रियाकलापमा आकर्षण रहला । समग्रमा दिन रमाइलोको साथ बित्ने देखिन्छ ।

धनु – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरू पनि बन्नेछन् । नयाँ सामान खरिदको सम्भावना छ । बाहन, चौपाया आदि प्राप्त हुने ग्रहयोग छ । प्रेमभावका साथै आत्मविश्वास वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मकर – नियमित कार्यमा जाँगर बढ्ने समय भएपनि परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । अनावश्यक खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउला । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । धैर्य र आत्मविश्वासका साथ चल्ने प्रयत्न गर्नु उचित होला ।

कुम्भ – पराक्रमका साथै ब्यस्तता बढ्ने दिन छ । दिगो योजना प्रारम्भ हुन सक्छ, तर उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । साझेदारीमा फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्ने योग छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । शत्रुपक्ष कमजोर रहला ।

मीन – दिन केही चुनौतीयुक्त नै रहने देखिन्छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । अनावश्यक खर्च बढ्ने याोग छ । गरेका कार्यहरू सहजै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने सम्भावना छ । महत्वपूर्ण कार्यमा बाधा पर्ला । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।