आजको पञ्चाङ्ग एवम् राशिफल (१५ असोज २०८२ बुधबार, १ अक्टोबर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ असोज २०८२ बुधबार, १ अक्टोबर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन १५ गते तद्अनुसार सन् २०२५ अक्टोबर १ तारिख बुधबार आश्विन शुक्ल पक्षको नवमी तिथि उत्तराषाढ़ा नक्षत्र अतिगण्ड योग तैतिल करण आनन्दादिमा बज्र योग चन्द्रमा धनु राशिमा ११ः३२ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५७ मा भयो र सूर्यास्त साँझ १७ः४८ बजे हुनेछ । महानवमी, शंखअस्त्रपूजा ।

आजको राशिफल

मेष – बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइलेखाइमा प्रगति हुने समय छ । रोकिएका काम बन्नेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुने योग छ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने देखिन्छ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, ध्यान राख्नुहोला । विद्यार्थीजनका लागि अनुकूल समय छ । अतिरिक्त आम्दानी बढ्नेछ । मनोरञ्जनात्मक कार्यक्रममा विशेष आकर्षण रहला ।

वृष – साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर जुर्नेछ । तथापि, धेरै परिश्रमबाट कमै लाभ मिल्ने र विभिन्न शीर्षकका खर्च पनि बढ्ने देखिन्छ । बौद्धिक कसरतमा राम्रो प्रगति होला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । आफन्तको साथ-सहयोग प्राप्त हुनेछ । आरोग्यबल बढ्ला । शत्रुपक्ष परास्त हुनेछ ।

मिथुन – विश्वासमा पारेर धोका दिनेहरूले सताउन खोजेपनि रोकिएका काम बन्न थाल्ने समय छ । परोपकार र सामाजिक काममा रुचि जागृत होला । आरोग्यबल बढ्नुका साथै सुख वृद्धि हुनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले पनि साथ दिनेछन् । पढाइलेखाइको दृष्टिले अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला ।

कर्कट – बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउनसक्ने समय छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्ला, ध्यान राख्नुहोस् । सन्तानपक्षबाट फाइदा र सुख मिल्ने, रोकिएका काम सुरु हुने योग छ । तर, स्वास्थ्यमा बाधा र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्न सक्छन्, व्यवहारमा सावधानी अपनाउनु उचित होला । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय अनुकूल देखिन्छ ।

सिंह – अनेक चुनौती सामना गर्नुपरे पनि आजको दिन आयआर्जनको नयाँ स्रोत भेटिने सम्भावना छ । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ भने राजनीतिमा सक्रिय पात्रका लागि विशेष सफलता प्राप्त हुने समय छ । उन्नति पदोन्नति होला । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आमोदप्रमोदको भाव वृद्धि होला ।

कन्या – आजको दिन नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धिको उपयोगले महत्वपूर्ण काम लिने समय छ । बुद्धि-विवेकको उपयोग गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेर विशेष अवसर हात पार्न सकिएला । स्थायी सम्पत्ति जोड्ने योग छ । सामथ्र्य वृद्धि होला । काममा सफलता मिल्नुका साथै रमाइलो जमघटमा सरिक होइएला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

तुला – मिश्रित फलदायी समय छ । आँट र कौशलले जटिल कामसमेत सम्पादन हुनसक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्ने देखिन्छ । तथापि, परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । प्रेमभाव बढ्नेछ । विपरीतलिंगीको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक – कर्मयोग अभिवृद्धि हुनेछ, तर सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने समय छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ला । मातापिताका बारेमा चिन्ता बढ्नेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको सम्भावना छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आजको दिन अरुको भर नपर्नु उचित हुनेछ ।

धनु – प्रियजनसँग भेटघाट र प्रशन्नताको समय भएपनि दिन केही चुनौतीयुक्त नै रहला । एक्लोपनाको अनुभूति हुनेछ । विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउला । तर, पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

मकर – आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइने समय छ । भाग्य प्रबल रहला । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने योग छ । व्यवसायमूलक भ्रमण हुनसक्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आफन्तको साथ मिल्नुका साथै सुख सुविधाका वस्तु बढ्नेछन् । जस्तोसुकै समस्याको पनि समाधान मिल्नेछ ।

कुम्भ – कार्यगति बढ्ने, तर्कशक्तिमा निखार आइ जटिल समस्यालाई पनि चिर्न सकिने समय छ । बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा विदेशमा अध्ययनका लागि अवसर जुर्ने सम्भावना छ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्यमा मन जाला । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मीन – सामाजिक प्रतिष्ठा बढ्ने तथा मानसम्मान पाइने समय छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । नयाँ सफलता प्राप्त होला । साझेदारीमा भने सम्बन्धमा खटपट आउन सक्छ, अप्ठ्यारोमा पर्नुअघि नै सावधानी अपनाउनुहोला । स्थायी सम्पत्ति आर्जन गर्ने योग छ । रोकिएको काम तथा यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्र सहयोगी रहनेछन् ।