फिलिपिन्समा शक्तिसाली भूकम्प, कम्तिमा २६ जनाको मृत्यु

फिलिपिन्समा शक्तिसाली भूकम्प, कम्तिमा २६ जनाको मृत्यु


फिलिपिन्समा गएराति ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट धेरै भवनहरू भत्किएका छन् भने कम्तिमा २६ जनाको मृत्यु र १४७ जना घाइते भएका बीबीसीले जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सेबु प्रान्तको बोगो शहरबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको थियो, जसको गहिराइ लगभग १० किलोमिटर थियो ।

शक्तिसाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरूलाई उद्धारको प्रयास भइरहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरूले काम गरिरहेका छन् भने स्थानीय अधिकारीहरूले मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।