✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
१९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन १८ गते तद्अनुसार सन् २०२५ अक्टोबर ४ तारिख शनिबार आश्विन शुक्ल पक्षको द्वादशी तिथि १४ः०३ पर त्रयोदशी तिथि धनिष्ठा नक्षत्र ७ः८ पर शतभिषा नक्षत्र शूल योग कौलव करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५८ मा भयो र सूर्यास्त साँझ १७ः४५ मा हुनेछ । शनिप्रदोषव्रत ।
आजको राशिफल
मेष – चुनौती बढ्ने र काममा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । इर्ष्यालुजनको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । तथापि, व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । निकट सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । रसरागमा आकर्षण रहनेछ । आजको दिन अनावश्यक यात्रा नगर्नु उचित होला ।
वृष – प्रयत्न गर्दा चिताएको काम पूरा गर्न सकिने समय छ । आर्थिक क्षेत्रको रोकिएका काम सुचारु हुनेछ, प्रयासलाई जारी राख्नु उचित हुनेछ । अर्थ आर्जन हुने योग परेको छ । सुखद यात्राको सम्भावना छ । परिवारमा खुशीको माहोल छाउला । धर्मकर्ममा आकर्षण बढ्नुका साथै सामाजिक क्रियाकलापमा आकर्षण रहला । पराक्रम वृद्धिका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
मिथुन – धर्मकर्ममा आकर्षण बढ्ने समय छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त हुने देखिन्छ । पारिवारिक सहयोगले शत्रुपक्ष परास्त हुनेछ । दुर्गमस्थान तथा टाढाको यात्रा हुने सम्भावना छ, तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । व्यवसायको चापका कारण दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।
कर्कट – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ भने सन्तान तथा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । तर कुनै मान्यजनसँग असमझदारी बढ्नसक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । सार्थक यात्राको योग छ ।
सिंह – अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । तथापि, प्रयास गर्दा रोकिएका महत्वपूर्ण काम बन्नेछन् । केही मात्रामा खर्च बढ्ने देखिन्छ । आलस्यपन जाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट लाभ मिल्नेछ । रोकिएको काम मिहेनतले बन्नेछ । सामथ्र्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सफल रहनेछ ।
कन्या – आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । परिश्रमका बाबजुद समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने देखिन्छ । उद्योग तथा व्यापारमा सामान्यमात्र फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रागत कार्य पनि सफल रहला । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ ।
तुला – ब्यस्तता बढ्ने र परिश्रम पनि अलिक बढी नै गर्नुपर्ने समय छ । श्रमअनुसार उपलब्धि नमिल्न सक्छ । तापनि नियमित काममा आंशिक सफलता मिल्नेछ । कतैबाट अप्रिय समाचार प्राप्त भइ खिन्नता बढ्नसक्ने योग छ, तर आत्मविश्वासमा कमी आउनेछैन । पढाइलेखाइमा अलिक ध्यान दिनु हितकर होला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिलेपनि व्यापार–व्यवसायमा त्यत्ति फाइदा नहोला । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत हुनसक्ने दिन छ । नियमित कार्यमा जाँगर बढ्ने छ भने आम्दानी बढ्ने एवम् उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारबाट राम्रै फाइदा होला । भूमि तथा मातृधनबाट विशेष लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न मौका जुर्ला । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहला ।
धनु – नियमित काममा केही चुनौती देखिए पनि नसोचेको फाइदा उठाउन सकिने समय छ । धेरैले सहयोगको तत्परता देखाउनाले समयको सदुपयोग हुनेछ भने विभिन्न अवसर पाइने देखिन्छ । आवश्यक सजगता अपनाउन चुक्दा अवसर फुत्कने सम्भावना देखिन्छ, ध्यान राख्नुहोला । आतिथ्यपूर्ण सम्मान पाइने र प्रेमको बन्धन कसिने योग छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । खर्च भने केही बढ्न सक्छ ।
मकर – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्ने समय छ । सामाजिक उत्तरदायित्व वहन गरिएला । रोकिएका काम सम्पादन हुने तथा नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धैर्यले काम लिने प्रयास गरे लाभको दायरा बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृकिा साथै सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
कुम्भ – स्वास्थ्य केही कमजोर रहनाले नियमित कार्यमा असर पर्नसक्ने समय भएपनि आम्दानीमा कमी नहोला । जिम्मेवारी बढिरहनेछन् तर सहयोगको आशा देखाउनेहरूको भर पर्दा धोका हुनसक्छ, सजग रहनुहोला । लेनदेनमा विवाद आउने योग छ । साहसिक काममा आकर्षण बढ्नेछ । विपरीतलिंगीको सहयोगले विशेष कार्य बन्ने योग छ ।
मीन – भाग्योन्नतिको समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिता तथा आफन्तको सहयोगले विशेष काम बन्ने देखिन्छ । विशेष लाभ उठाउन सकिएला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने योग छ । आम्दानी बढ्नेछ । मिठो भोजन प्राप्त होला । खेलकुद, भ्रमणजस्ता कर्ममा आकर्षण बढ्नेछ । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहला ।
प्रतिक्रिया