✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन २१ गते तद्अनुसार सन् २०२५ अक्टोबर ७ तारिक मंगलबार आश्विन शुक्ल पक्षको पूर्णिमा तिथि ९ः३९ पर कार्तिक कृष्ण पक्षको प्रतिपदा तिथि रेवती नक्षत्र ध्रुव योग बालव करण आनन्दादिमा शुभ योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०० बजे भयो र सूर्यास्त साँझ १७ः४२ मा हुनेछ । आकाश दीपदानारम्भ, कार्तिक स्नानारम्भ ।
आजको राशिफल
मेष – शुभदायी, सुखदायी समय छ । आम्दानीका बाटाहरू खुल्नेछन् भने ब्यापार–ब्यवसायमा राम्रै उपलब्धि हातपर्ने देखिन्छ । आवश्यक तथा उपलब्धीमूलक रमाइलो यात्राको योग छ । सकारात्मक तथा व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट विशेष लाभ मिल्ला । स्वास्थ्य पनि सबल रहनेछ । पढाइलेखाइमा प्रगति होला । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम मिहेनतले पूरा हुनेछ । मिष्ठान्न भोजन प्राप्तिका साथै सुख बढ्नेछ ।
वृष – ब्यस्तता बढेपनि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । आश मारेको काम पनि अथक प्रयासमा बनेर मन प्रशन्न रहला । आफन्तजनको साथ–सहयोग प्राप्त हुने देखिन्छ । हितैषी मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । दौडधुप बढेपनि परिणाम सकारात्मक र सन्तोषदायी नै रहनेछ । साहसिक कार्यमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ने देखिन्छ ।
मिथुन – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि होला । समाजसेवा र राजनीतिमा वर्चश्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । नियमित कार्यमा भने खासै जाँगर नचल्ने देखिन्छ । निकटजनको कमजोरीका कारण काममा झमेलाको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ ।
कर्कट – नियमित कार्यमा जाँगर वृद्धिका साथै आर्थिक उपार्जनको समय छ । नयाँ कामको योजना बनाएर अघि बढ्नु दीर्घकालिक हितको विषय बन्न सक्छ । आजको दिन सन्तानपक्षबाट सुखको अनुभुति होला । ब्यापार–ब्यवसायबाट राम्रै लाभ मिल्ने देखिन्छ । मित्र एवम् आफन्तजनको सहयोगले विशेष सफलता मिल्ने योग छ । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
सिंह – मिश्रित फलदायी समय छ । ब्यस्तता बढ्नेछ तर कामका परिणाम सुखदायी नरहन सक्छन् । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति होला । चोटपटकको भय रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । आजको दिन हातहतियार आदिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । छरछिमेकसंग सामान्य विवाद हुनसक्छ । चुनौतीका बाबजुद गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – नियमित कार्यमा जाँगर बढ्ने, पराक्रम वृद्धिका साथै बुद्धि-विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्ने समय छ । व्यापारिक÷व्यवसायिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिनेछ । महत्वपूर्ण कार्यमा कसैबाट साथ–समर्थन एवम् धनप्राप्तिको योग छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
तुला – केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ । नियमित कार्यमा पनि अलमल वा ढिलासुस्ती हुन सक्छ । खानपानको गडबडीले स्वास्थ्य कमजोर रहनसक्ने सम्भावना छ, विशेष ध्यान रदिनुहोला । यात्रागत कार्य गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नुहोला, जबर्जस्ती गर्दा असफल भइ दुःखमात्र हातलाग्न सक्छ । खर्च केही बढ्नेछ । बौद्धिकतासँग सम्बन्धित कार्यमा आंशिक सफलताको सम्भावना छ ।
वृश्चिक – आर्थिक दृष्टिले शुभदायी समय छ । आत्मियजनबाट विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने देखिन्छ । अनुकूलता वृद्धि हुनेछ भने सहयोगीहरूले राम्रो साथ दिनाले प्रायः सबै कामहरू बन्नेछन् । आमोदप्रमोदका अवसर जुर्नेछन् । सबल स्वस्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । धन आर्जनका माध्यमहरू फेलापर्ने योग छ ।
धनु – नियमित कार्यमा अनुकुलता र जाँगर वृद्धि हुने दिन छ । परिवारजनको साथले नयाँ आशा पलाउला । दाम्पत्यजीवन सुखमय रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा आकर्षण रहला । कृषिसम्बन्धी कार्यबाट विशेष फाइदा लिन सकिनेछ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ ।
मकर – कर्मबल वृद्धि हुनुका साथै नियमित कार्यमा जाँगर बढ्ने समय छ । अनौठो तरिकाबाट धनलाभ हुने योग छ । यात्रागत कार्य मनोरञ्जनात्मक हुनुका साथै फलदायी रहला । परिवारमा खुशीको माहोल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । विपरीतलिंगीको सहयोगले महत्वपूर्ण कार्य बन्ने देखिन्छ । स्वास्थ्य सबल रहनेछ ।
कुम्भ – चुनौती केही बढ्ने र दैनन्दिन कर्ममा पनि बाधा आइपर्न सक्ने समय छ । भौतिक सरसामनको क्षति हुने सम्भावना छ, सजग रहनुहोला । मिष्ठान्न भोजन प्राप्त हुनेछ, तर सबल स्वास्थ्यका लागि आहारविहारमा सजग रहनु हितकर होला । खर्च वृद्धि हुनसक्छ, फजुल खर्च नियन्त्रणको प्रयास गर्नु उचित होला । चुनौतीका बाबजुद पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथले उत्साह बढाउला ।
मीन – सोचेअनुसार काममा सफलता मिल्ने समय छ । पुराना मित्रजनसँग भेटघाट हुने योग छ, भेटले मन रमाउला । आज अनौठो तरिकाबाट धनलाभ हुनसक्ने देखिन्छ । परिवारका सदस्यहरूबाट सुख प्राप्त हुनेछ । आयआर्जन वृद्धि एवम् मिठो भोजन प्राप्त होला । विशेष कार्यमा साथीभाइको सहयोग प्राप्त हुनेछ । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ ।
प्रतिक्रिया