आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०८२ बिहीबार, ९ अक्टोबर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०८२ बिहीबार, ९ अक्टोबर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन २३ तद्अनुसार सन् २०२५ अक्टोबर ९ तारिख गुरूबार कार्तिक कृष्ण पक्षको तृतीया तिथि भरणी नक्षत्र वज्र योग वणि करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०१ मा भयो र सूर्यास्त साँझ १७ः३९ मा हुनेछ ।

आजको राशिफल

मेष – विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्ने र दैनिक काममा पनि राम्रै फाइदा हुने योग छ । चिताएको काम बन्नाले प्रसन्नता मिल्ला । सन्तानपक्ष वा अनुयायीको सल्लाह, सहयोगले फाइदा हुने देखिन्छ । दीगो योजनामा लगानी वृद्धि होला । विशेष काममा अवरोध आउने सम्भावना रहेपनि मित्रजनको साथ मिल्नेछ ।

वृष – उपलब्धिको स्रोत पहिल्याउन सकिने र आश मारेको काम बन्नाले उत्साह जाग्ने दिन छ । तर, अरूका काममा ज्यादा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिने योग छ । मिठो भोजन प्राप्त हुनेछ, तर सबल स्वस्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुहोला । कर्मबल वृद्धि हुनेछ, यशवर्चश्व बढ्नेछ ।

मिथुन – मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुने भएपनि काम बिग्रने डरले सताइरहन सक्छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्ने योग छ । यसका बाबजुद प्रेमभाव बढ्ने, मिठो भोजन प्राप्त हुने, यात्रागत कार्य सार्थक रहने देखिन्छ ।

कर्कट – दिन केही चुनौतीयुक्त रहला । वादविवादमा परिने योग भएकाले बोली र विचारलाई तौलेर मात्र व्यक्त गर्नु उचित होला । आँट गर्न नसक्दा महत्वपूर्ण योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना रहेकोले होसियारीसाथ काम लिनुहोला । अर्थअभावले अप्ठ्यारोमा पार्नसक्छ, सचेत रही व्यवहार मिलाउने प्रयत्न गर्नु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यता रहनेछ ।

सिंह – केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति हुन सक्छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । सभ-समारोहमा मान प्राप्त हुने योग छ । ऋण र शत्रुमाथि विजय प्राप्त होला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कन्या – समय शुभदायी छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने धन तथा भौतिक बस्तु लाभ हुनसक्छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राो अवसर जुट्न सक्छ । सन्तानसुख बढ्नेछ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ । प्रेमभाव वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ ।

तुला – आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ, तर विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । आफन्तको साथ मिल्नेछ । परिवारिक सुख पनि बढ्नेछ । तर, आँटेका काममा बाधा दिन खोज्नेहरूको सक्रियता रहने हुनाले विशेष सजगताका साथ व्यवहार गर्नु जरुरी छ । फजुल खर्च पनि बढ्ने देखिन्छ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ ।

वृश्चिक – चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिने दिन छ । तर, फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्, सजग रही कार्य-व्यवहार गर्नु उचित होला । । समयमा हिम्मत गर्न नसक्दा पछि परिने योग छ, ध्यान राख्नुहोला ।

धनु – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्ने समय छ । तथापि, बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिएला । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, तर परिस्थिति तपाईंकै पक्षमा रहनेछ । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्तिले सुख वृद्धि होला । खेलकुद र रसरागमा आकर्षण बढ्नेछ ।

मकर – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले उत्साह जगाउला । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । आयबल बढ्ने तथा धन आर्जनको योग छ । तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्, सजग रहनु हितकर होला । । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्न मद्दत मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।

कुम्भ – दिगो फाइदा हुने काममा लगानीको अवसर जुट्नसक्ने समय छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुनसक्छ । आयआर्जन पनि राम्रै हुने देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तर अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । दौडधुप वृद्धि हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मीन – मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनसक्छ, तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । अरूको पूरै भरपर्दा धोका मिल्ने सम्भावना छ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाएर अघि बढ्नु हितकर होला ।