आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असोज २०८२ शुक्रबार, १० अक्टोबर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असोज २०८२ शुक्रबार, १० अक्टोबर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन २४ गते तद्अनुसार सन् २०२५ अक्टोबर १० तारिख शुक्रबार कार्तिक कृष्ण पक्षको चतुर्थी तिथि कृतिका नक्षत्र सिद्धि योग बव करण आनन्दादिमा छत्र योग चन्द्रमा मेष राशिमा ६ः१० बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०१ मा भयो र सूर्यास्त साँझ १७ः३८ मा हुनेछ ।

आजको राशिफल

मेष – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने अर्थात् परिश्रमको उचित परिणाम प्राप्त होला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विशेष योजनामा साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृष – व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ, तर दौडधुप भने बढ्न सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ, ध्यान राख्नुहोला । नजिकका साथीभाइ टाढिन सक्छन्, महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । यशवर्चश्व बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुने देखिन्छ ।

मिथुन – कार्यसम्पादन क्षमता बढ्ने तथा बोली र व्यवहारको प्रभावले धेरैको मन लोभ्याउन सकिने समय छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिएला । तथापि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु उचित हुनेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्तिले सुख-सन्तोष वृद्धि गर्ने देखिन्छ । रसरागात्मक काममा आकर्षण रहनेछ ।

कर्कट – आजको दिन चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । धन बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नुका साथै प्रतिष्ठा, मान-सम्मान आदि पाइने योग छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । यात्रागत कार्य सार्थक रहनेछ । आमोदप्रमोदमा रम्ने समय छ ।

सिंह – परिवारजनसँग आत्मीयता बढ्ने समय छ । आजको दिन आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आफन्तको साथ मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।

कन्या – परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने योग भएकोले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु उचित होला । व्यस्तता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

तुला – प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले दिन फुर्सदिलो रहला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ, सजग रहनुहोला । शुभ समाचार प्राप्तिले आनन्द वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक साथ–सुखले उत्साह बढाउनेछ ।

वृश्चिक – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुने योग छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले भने तनाव सिर्जना गराउन सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

धनु – दिन उतारचढावयुक्त रहला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । तथापि, समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । आमाको माध्यमबाट काम बन्नसक्छ । खर्चमा केही वृद्धि हुने देखिन्छ । पराक्रम वृद्धि र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहने र काममा पनि फाइदाको योग छ । उद्योग र व्यापारमा हुनेले विशेष फाइदा आर्जन गर्ने देखिन्छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । रसरागमा आकर्षण बढ्नेछ । सुखद यात्रा हुने देखिन्छ । पारिवारिक सुख मिल्नेछ ।

कुम्भ – कार्यगति बढ्ने र गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहला । आम्दानी बढ्ने तथा धनार्जनको योग छ । आफन्त एवम् मित्रजनको साथले जस्तोसुकै समस्याकको समाधान मिल्ने देखिन्छ । यात्रागत कार्य शुभ र सार्थक रहला ।

मीन – ठीक समयमा सही निर्णय लिन सकिने समय छ । आश मारेको कामले उत्साह जगाउला । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्ने देखिन्छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । सामर्थ्य र सुख वृद्धि हुनेछ । शत्रुपक्ष कमजोर हुनेछ ।