आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असोज २०८२ सोमबार, १३ अक्टोबर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असोज २०८२ सोमबार, १३ अक्टोबर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धर्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन २७ गते तद्अनुसार सन् २०२५ अक्टोबर १३ तारिख सोमबार कार्तिक कृष्ण पक्षको सप्तमी तिथि आद्र्रा नक्षत्र परिघ योग भद्रा १ः५३ पर बालव करण आनन्दादिमा कालदण्ड योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०३ मा भयो र सूर्यास्त साँझ १७ः३५ मा हुनेछ ।

आजको राशिफल

मेष – सामाजिक काममा रुचि बढ्नेछ । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा विशेष प्रगति हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । रोकिएका काम फेरि प्रयत्न गरे लाभदायी परिणाममा पुग्न सकिनेछ । प्रेमभाव वृद्धिका साथै आरोग्यबल बढ्नेछ । परिवारजनको साथ, सहयोग र मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ ।

वृष – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ, सचेत रही व्यवहार गर्नु हितकर होला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु बेस हुनेछ । परिवारजनको सहयोग लिने प्रयास गरे सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने देखिन्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । सबल स्वास्थ्यका लागि खानपानलगायतका शारीरिक व्यवहारमा सजगता अपनाउनु हितकर हुनेछ ।

मिथुन – व्यापार-व्यवसायमा लाभ हुने समय भएपनि बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने सम्भावना छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । मान र विद्याको सन्दर्भमा उपलब्धिमूलक समय छ । ब्यस्तता बढ्नेछ । रोकिएको कार्य सुचारु गर्न गहन मिहेनतको दरकार पर्ला । आरोग्यता रहनेछ । बुद्धि–विवेकको सही प्रयोगका कारण शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने चिताएका काम सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । व्यवसायमा लगानी बढाउन सकिनेछ । आरोग्यबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

सिंह – प्रतिष्पर्धीको सक्रियता र चुनौती बढेपनि कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ, दाम्पत्य सम्बन्धमा पनि प्रगाढता आउनेछ । प्रगतिको दर बढ्नेछ । साथीभाइको सहयोले सुख बढाउला । रसराग एवम् खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, जोश-जाँगरमा कमी आउने देखिन्छ । अध्ययन तथा लेखनमा खासै समय दिन नसकिएला । नचिताएको ठाउमा धननाश हुने योग छ, आर्थिक क्रियाकलापमा सावधानी अपनाउनु हितकर हुनेछ । नियमित काममा समेत केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

तुला – आजको दिन आफन्तजनबाट टाढिनुपर्ने देखिन्छ, तथापि सेवामूलक कामबाट धनलाभ हुने र सन्तान वा सहयोगीका माध्यमबाट विशेष काम बन्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति होला । मनोरञ्जनात्मक एवम् फलदायी यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका मित्रहरूसँग सम्बन्ध जोडिनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलासको भाव जागृत होला ।

वृश्चिक – बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । प्रतिभाको कदर हुनेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । दिगो आम्दानी हुने काम सुरु गर्ने योग छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भाग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछन् ।

धनु – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । तर, सरसापटमा धन खर्च हुने समय छ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मकर – आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसक्दा असन्तुष्टि बढ्ने योग छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिन्छ । कुनैपनि कार्यमा हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ, व्यवहारमा लचकता अपनाउनु उचित हुनेछ । आरोग्यबल बढ्नेछ ।

कुम्भ – भाग्योन्नतिको समय छ । नियमित कार्यमा जाँगर बढ्नुका साथै धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिने समय छ । ब्यवसायमा राम्रै लाभ होला । विगतको उपलब्धिले उत्साह जगाउनेछ । रोकिएको काम बन्नेछ । अध्ययन-अध्यापनमा प्रगति हुने देखिन्छ । परिस्थितिअनुसार चल्ने प्रयास गर्नु हितकर हुनेछ । मान्यजनसँग भने असमझदारी बढ्न सक्छ, व्यवहारमा विनीत भाव अपनाउनुहोला । सहयोगीहरूले फाइदा दिलाउनेछन् । तर, अरूको मात्र भर पर्दा धोका हुन सक्छ, ध्यान राख्नुहोला ।

मीन – भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा लाभ बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । तर, प्रतिष्पर्धीहरू सक्रिय रहन सक्छन् । इर्ष्यागर्नेहरूले दुःख दिने योग छ । इष्टमित्रको सहयोगले चुनौती चिर्नुहुनेछ । मित्रहरूसँग रमाइले जमघट होला ।