आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असोज २०८२ बुधबार, १५ अक्टोबर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असोज २०८२ बुधबार, १५ अक्टोबर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन २९ गते तद्अनुसार सन् २०२५ अक्टोबर १५ तारिख बुधबार कार्तिक कृष्णपक्षको नवमी तिथि पुष्य नक्षत्र सिद्ध योग वणि करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४ मा भयो र सूर्यास्त साँझ १७ः३३ बजे हुनेछ ।

आजको राशिफल

मेष – नियमित कार्य रमाइलो तरिकाले गर्न सकिने समय छ । आरोग्यता रहनुका साथै कर्मबल बढ्नाले रोकिएको कामले पूर्णता पाउनेछ । ऐश्वर्य वृद्धिले आनन्द दिलाउला । नियमकानूनले साथ दिनेछ । जस्तोसुकै जिम्मेवारी पूरा गर्ने सामर्थ्य रहने देखिन्छ । खेलकूद, भ्रमणमा एवम् रसरागका क्रियाकलापमा आकर्षण रहनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – शुभदायी समय रहेकोले सुख वृद्धि हुनेछ । रोकिएको काम अघि बढ्नेछ भने प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल तुल्याउला । कर्म-सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्नुका साथै विवेकको सही प्रयोगले प्रशंसा दिलाउनेछ । मित्रजनसँगको जमघटमा मिठो भोजन प्राप्त हुने देखिन्छ । सु-सुविधाको वस्तुमा खर्च बढ्न सक्छ, योजना र बजेट बनाइ खर्च गर्नु उचित हुनेछ ।

मिथुन – नयाँ कामका योजना बन्ने र नियमित कर्ममा पनि जाँगर चल्ने समय छ । व्यापारमा सफलता मिल्नेछ भने आर्थिक बचत वृद्धिको योग छ । रमाइलो यात्रा हुनसक्छ । विपरीतलिंगी मित्रको साथ-सहयोगले सफलता र खुशी मिल्ने देखिन्छ । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कर्कट – अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने समय छ । इष्टमित्रको साथ-सहयोग र प्रशंसा प्राप्त होला । आमोदप्रमोदमा रम्ने अवसर जुर्ने देखिन्छ । कामबाट फुर्सद मिल्नुका साथै मन प्रसन्न रहला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्ने योग छ । प्रेमभाव बढ्नेछ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहनेछ ।

सिंह – नियमित कार्यलाई रमाइलो तरिकाले सम्पादन गर्न सकिने समय छ । आजको दिन अधुरा कार्यहरूले पूर्णता पाउन सक्छन्, धैर्यपूर्वक प्रयास गर्नुहोला । नयाँ कामका योजना बन्ने देखिन्छ । नोकरी र राजनीतिक वा सामाजिक क्रियाकलापबाट पनि प्रशंसा मिल्ने योग छ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख मिल्नेछ । सन्तान पक्षबाट सुख बढ्नेछ । प्रतिष्पर्धीलाई परास्त गर्न सकिनेछ ।

कन्या – नियमित काममा रुचि तथा जाँगर बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति हुने समय छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले अनावश्यक विवादबाट बच्न संयमता अपनाउनुहोला । नयाँ योजनामा हात हाल्दै हुनुहुन्छ भने केही समय थाती राख्नु सान्दर्भिक ठहरिनेछ ।

तुला – विशेष योजना पूर्णरूपले कार्यान्वयन हुन नसक्ने समय भएपनि तपाईंको परिश्रमले सुखदायी परिणाम दिनेछ । मनमा कता-कता भयले बास गरेपनि नियमित कर्ममा असर गर्नेछैन । कतै मान-सम्मान प्राप्त हुने योग रहेको छ । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो समय छ । व्यापारमा सफलता मिल्ने, यात्रा एवम् भेटघाटमा रमाउने दिन छ । प्रेमभाव वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्ने देखिन्छ ।

वृश्चिक – पराक्रम बढ्ने र काममा प्रशस्त मात्रामा मन जाने दिन छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने वैदेशिक कामकाजसम्बन्धी लगानीबाट विशेष लाभ प्राप्त होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत जुर्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । बौद्धिक तथा रचनात्मक क्रियाकलापमा सक्रियता वृद्धि हुनेछ, जसले मान–प्रतिष्ठा पनि वृद्धि गर्नेछ । यात्रापरक काम बन्नेछ । परिवारिक सुखले उत्साह बढाउला ।

धनु – चुनौतीयुक्त समय छ । आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सफलताको लागि विशेया सावधानी अपनाएर काम गर्नुपर्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानलगायतका शारीरिक व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । फजुलमा धननाश हुने योग छ । अनावश्यक झमेलाबाट जोगिन संयमतापूर्ण व्यवहारको दरकार छ । मित्रजनको सहयोगले समस्याको समाधान प्राप्त हुने देखिन्छ ।

मकर – आजको दिन पारिवारिक सुख शान्ति बढ्नुको साथै नियमित कार्यमा जाँगर बढ्नेछ । आर्थिक क्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहला । फलदायी कार्यमा लगानी वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला । विपरीतलिंगीको साथ-सहयोगले महत्वपूर्ण काम बन्ने योग छ । कलात्मक काममा रुचि रहनेछ ।

कुम्भ – नियमित कर्ममा जाँगर र गति बढ्नुका साथै नयाँ योजना कार्यान्वयनमा मन जाने समय छ । घर–परिवार एवम् मित्रजनको साथ मिल्नाले हर्ष बढ्ला । धनलाभको योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । आयबल बढ्नाले सुख वृद्धि होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । जस्तोसुकै समस्यामा सफलता हासिल हुने देखिन्छ ।

मीन – मिश्रित फलदायी समय छ । साहसिक काममा आकर्षण बढ्नेछ भने कार्य-व्यवहारमा सफलता मिल्नेछ । आजको दिन सोच्दैनसोचेको कुरामा धन खर्च हुनसक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । मित्रजनसँग चिसोपन बढ्न सक्छ । धनमाल हराउने योग रहेकोले विशेष सावधानीको दरकार छ । व्यवसायिक कार्यमा सफलता मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा वर्चश्व बढ्नेछ ।